News

Jun 9, 2008

गृहमन्त्री र संचारमन्त्रीको टोलीले पूर्व राजा ज्ञानेन्द्रको बासस्थान निरिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृहमन्त्री र संचारमन्त्रीको टोलीले पूर्व राजा ज्ञानेन्द्रको बासस्थान बन्नलागेको नागार्जुन दरवारको निरिक्षण कार्यक्रममा संचारकर्मीलाई पनि समावेश गरेका छन् ।गृहमन्त्री कृष्णप्रसाद सिटौला, संचारमन्त्री कृष्णबहादुर महरा तथा रक्षा र गृह सचिवको टोलीले पूर्व राजा ज्ञानेन्द्रको बासस्थान छुट्टयाइएको नागार्जुन दरवार निरिक्षण गरेको छ । करिव २५ जना संचारकर्मीसहित जेठ २७ गते बेलुका पाँच बजे नागार्जुन पुगेको टोलीले करिव एक घण्टा त्यहाँ निरिक्षण गरेको थियो । दरवारका कर्मचारी श्याम लामाले दरवारमा १० साना घर रहेको जानकारी दिए भने गृहमन्त्री सिटौलाले नागार्जुन दरवार ठूलो महल नभएर साधारण दरवार भएको उल्लेख गरे । पूर्व राजा जेठ २९ गते नागार्जुन सरेपछि उनी त्यहाँको हेमन्त निवासमा बस्ने त्यहाँका कर्मचारीले बताए । हेमन्त निवास २ तले घर रहेको तथा निकै राम्रोसँग सजाइएको छ । दरवारमा ३ वटा छुट्टै पाहुना घर छन् भने एउटा कार्यलय भवन, एउटा स्टाफ घर र एउटा ब्याइज घर छन् । नागार्जुन भ्रमणमा गएका संचारकर्मीलाई गृहमन्त्री सिटौलाले हराएको भनिएको श्रीपेच नहराएको जानकारी दिए ।

No comments: