News

Jun 3, 2008

दरबार छिटो छोड्न पूर्वराजा इच्छुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र कार्यान्वयनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सोमबार भेटवार्ता भएको छ। गद्दीबाट हटेपछि पूर्वराजा ज्ञानेन्द्रले सरकारका प्रतिनिधि सिटौलासँग भएको पहिलो भेटवार्तामा संविधानसभाको निर्णयाई स्वागत गर्ने बताउनुभयो।पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न गृहमन्त्री सिटौला बिहान ११:१० बजे दरबारको पश्चिम गेटबाट छिर्नुभएको थियो र ११:३० बजे राजाले नियमित भेटघाट गर्ने मंगल सदनमा सो कुराकानी भएको थियो।दरबारको पश्चिम गेटबाट छिर्दा डयुटीमा खटिएको सैनिक प्रहरीले गृहमन्त्री सिटौलाको निजी सुरक्षागार्ड कमल दाहाललाई ओरालेको थियो तर सिटौलाले किन ओरालेको भनी प्रश्न गर्नुभयो। यहाँको सिस्टम यही हो’, सैनिक प्रहरीको जबाफ थियो। यहाँको सिस्टम गयो, अब मेरो सिस्टम आयो’ -गृहमन्त्री सिटौलाले भन्नुभयो। गृहमन्त्री सिटौलाको आदेश पाएपछि निजी सुरक्षाकर्मी दाहाल गाडीमा चढेपछि उहाँहरू सोझै मंगल सदन पुग्नुभयो। गृहमन्त्री सिटौलाको गाडी छिरे पनि सुरक्षाकर्मीको पछुवा गाडी भने बाहिर रोकिएको थियो। गृहमन्त्रीज्यू आउनुभएकोमा स्वागत छ’ -नमस्कार गर्दै पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो।पूर्वराजा ज्ञानेन्द्र र गृहमन्त्री सिटौलाको कुर्सीँगसँगै राखिएको थियो भने दुवैतर्फा कर्मचारीहरू राख्ने कुर्सी पनि प्रबन्ध थियो। गृहमन्त्रीको टोलीमा मुख्य सचिव डा. भोजराज घिमिरे, गृहसचिव उमेशप्रसाद मैनाली, दरबार सुरक्षा व्यवस्थाका लागि सुझाव दिन गठित समितिका संयोजक रहेका गृह सहसचिव मोदराज डोटेल र दरबारको लगत तय गर्न गठित समितिका संयोजक सामान्य प्रशासन सचिव डा. गोविन्द कुसुम हुनुहुन्थ्यो भने दरबारका तर्फाट अवकाशप्राप्त मुख्य निजी सचिव पशुपतिभक्त महर्जन, राजकीय सम्पत्ति कोष विभाग प्रमुख प्रदीप अर्याल, लेखापरीक्षक शाखा प्रमुख कुमार शर्मा र दरबारका प्रमुख सचिव शेखर ढुंगाना हुनुहुन्थ्यो। अवकाशप्राप्त मुख्य सचिव महर्जनलाई सरकारसँगको बैठकमा पूर्वराजाको तर्फाट राखिएकोमा दरबारका अन्य कर्मचारीहरूले भने गृहमन्त्रीसँग नै विरोध जनाएका थिए।गृहमन्त्री सिटौलाले कुराकानीको प्रारम्भमा सरकारी कर्मचारीहरूको परिचय गराउनुभएको थियो। परिचयपछि भएको भेटमा पूर्वराजा ज्ञानेन्द्रले ँगृहमन्त्रीज्यू, तपाईं, स्वागत छ’ जस्ता आदरार्थी शब्द प्रयोग गर्नुभएको थियो। मैले पूर्वराजा ज्ञानेन्द्र नागरिक भएको पाएको छु’, गृहमन्त्री सिटौलाले भन्नुभयो- मैले देशको सम्मानित नागरिकसँग जसरी वार्तालाप गर्छ त्यसै गरी तपाईं शब्द प्रयोग गरेर पूर्वराजा ज्ञानेन्द्रसँग वार्ता गरेँ।’सरकारद्वारा गठित दुवै कार्यदलले दरबारभित्र काम गर्न असहज भएको, एक ठाउँबाट अर्को ठाउँमा जान पनि अनुमति आवश्यक भएको र अनुमतिका लागि दरबारका कर्मचारीले जाहेर गर्नुपर्ने र स्वीकृति आउन झन्झटिलो भएको बताएपछि सहज वातावरण बनाउने उद्देश्यले गृहमन्त्री सिटौला राजासँगको वार्तामा जानुभएको थियो।कर्मचारीलाई काम गर्न असहज भएकाले वातावरण बनाउन आफूले राजासँग भेट गर्ने जानकारी गराएर गृहमन्त्री सिटौलाले अघिल्लो साँझ नै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अनुमति लिनुभएको थियो र प्रधानमन्त्रीनिवास बालुवाटारबाटै भेटका लागि फोनमार्फ समय लिनुभएको थियो।सबै कर्मचारी हुँदा कुराकानी असहज भएपछि पूर्वराजा ज्ञानेन्द्रले मन्त्रीज्यूसँग एकछिन कुरा गरौं’ भनेपछि दुवैतर्फा कर्मचारी बाहिरिएका थिए।अत्यन्त हँसिलो मुद्रामा रहेका पूर्वराजा ज्ञानेन्द्रले संविधानसभाको निर्णयलाई सहज रूपमा लिएको बताउनुभयो।संविधानसभा निर्णयलाई सहज रूपमा लिएकोमा गृहमन्त्री सिटौलाले सरकारको तर्फाट धन्यवाद दिनुभएको थियो। मन्त्री सिटौलाले सरकारले दिएको समयमा दरबार छोडिदिन आग्रह पनि गर्नुभयो। भेटमा पूर्वराजा ज्ञानेन्द्रले दरबार छोड्नका लागि सरकारसँग आवास र सुरक्षाको माग गर्नुभएको थियो। मेरो, मुमा (रत्न) र जीजुमुमा (सरला) को निवास छैन, सरकारले व्यवस्था गरिदिए हुन्थ्यो’ -पूर्वराजा ज्ञानेन्द्रको अपेक्षा थियो।गृहमन्त्री सिटौलाले प्रधानमन्त्रीलाई प्रस्तावबारे जानकारी गराउने र राष्ट्रिय सहमति जुटाउन अन्य दलसँग छलफल गर्ने जानकारी गराउनुभएको थियो।पूर्वराजा ज्ञानेन्द्रले आŠनी मुमा (रत्न) को दरबारसँग भावनात्मक सम्बन्ध जोडिएको र बाँकी जीवन महेन्द्र मञ्जिलमा बिताउन इच्छा व्यक्त गरेको पनि गृहमन्त्री सिटौलालाई जानकारी गराउनुभयो।गृहमन्त्री सिटौलाले दरबारभित्र काम गर्न सहज वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो र पूर्वराजा ज्ञानेन्द्रले सबै कर्मचारीलाई भनेर सहज वातावरण बनाइदिने बताउनुभयो। कुराकानीलगत्तै दुवै समितिको कार्यालय दरबारभित्र स्थापना गरिएको थियो र गृहमन्त्रीको उपस्थितिमा बैठक बसेर काम यथाशीघ्र अगाडि बढाउने निर्णय गरिएको थियो। समितिमा रहेर काम गर्न गृहमन्त्री सिटौलाले दरबारमा दुइ जर्नेललाई पनि निर्देशन दिनुभएको थियो।गृहमन्त्री सिटौलाले सरकारसँग समन्वय नगरी काम गरेमा गलत सन्देश जाने भएको भन्दै सबै काम समन्वय गरेर गर्न पूर्वराजालाई सुझाव दिनुभयो। दरबार छोडेर बाहिरिनु अगाडि सरकारलाई अघिल्लो दिन नै जानकारी होस्, सरकार आवश्यक सहयोग गर्न तयार छ भनें’ -गृहमन्त्री सिटौलाले भन्नुभयो।करिब २० मिनेट भएको भेटमा पूर्वराजा ज्ञानेन्द्रले आफूले दरबारका कुनै पनि कागजपत्र जलाउन निर्देशन नदिएको प्रस्ट पार्दै यस्तो समाचार आएकोमा दुःख लागेको बताउनुभयो।गृहमन्त्री सिटौलाले आफूले तत्कालै दरबारभित्रको आवासहरू र संरचना हेर्न चाहेको बताएपछि पूर्वराजा ज्ञानेन्द्रले गृहमन्त्रीलाई सबै कुरा देखाइदिन निजी अंगरक्षकहरूलाई खटाउनुभएको थियो।मेरो पूर्वराजासँग भेटको उद्देश्य समितिलाई काम गर्ने वातावरण बनाउन र राजाको मनस्थिति बुझनु थियो’, गृहमन्त्री सिटौलाले भन्नुभयो- उहाँको (पूर्वराजा) बडी ल्याङ्ग्वेज, फेस ल्याङ्ग्वेज र एक्प्रेसनबाट केही उलटपुलट भेटिनँ, संविधानसभाको निर्णयलाई अवज्ञा गर्ने मनस्थितिमा देखिनँ।’ गृहमन्त्री सिटौलाले पूर्वराजालाई केही आश्वस्तसमेत पार्नुभएको थियो। नेपालमा ठूलो परिवर्तन भएको छ, संविधानसभाको परिणामलाई सहज ढंगले स्वीकार गर्नुभएकोमा इतिहासले तपाईंको सम्मान गर्नेछ’ -सिटौलाले पूर्वराजासँग भन्नुभएको थियो।गृहमन्त्री सिटौलाले पूर्वराजासँग भएको कुराकानीबारे सोमबार नै प्रधानमन्त्री कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव झलनाथ खनाललाई जानकारी गराउनुभयो। प्रधानमन्त्री कोइरालाले आवास र सुरक्षा उपलब्ध गराउने विषयमा अन्य दलसँग छलफल गर्न सिटौलालाई निर्देशन दिनुभयो भने प्रचण्डले सबै दलबीचमा छलफल गरौंला भन्नुभयो।संसारका राजाहरू फालिँदा काटिएका छन्, लखेटिएका छन्, जेल हालिएका छन्, तर नेपालका राजाले जनताको निर्णयलाई शान्तिपूवक स्वीकार’ गरेका छन्, त्यसैले राजाका सरकारप्रति केही अपेक्षा छन् भने सरकारले पनि पूरा गरिदिनुपर्छ भन्ने मेरो निजी धारणा छ’, गृहमन्त्री सिटौलाले भन्नुभयो- पूर्वराजा ज्ञानेन्द्रले आवासका लागि गरेको आग्रहलाई संवेदनशीलरूपमा सरकारले लिनुपर्छ र आजीवन वा केही समयलाई आवासको व्यवस्था गरिदिनुपर्छ।’

No comments: