News

Jun 4, 2008

पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजा ज्ञानेन्द्रलाई बसोबासका निम्ति उपत्यकाको उत्तर डाँडोमा रहेको नागार्जुन दरवार दिने मन्त्री परिषदले निर्णय गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको बासस्थानका लागि सरकारले नागार्जुन दरवार छुट्याउने निर्णय गरेको छ । जेठ २२ गते बसेको मन्त्री परिषदको बैठकले तत्कालका लागि पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार दिने निर्णय गरेको भूमिसुधार मन्त्री जगतबहादुर बोगटीले बताए । बैठकले पूर्व राजाको सुरक्षा बन्दोबस्त मिलाउने निर्णय गरे पनि सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाउने निर्णय भने भइनसकेको बोगटीले उल्लेख गरे । गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग जेठ २० गते भएको भेटमा पूर्व राजाले आफूलाई बासस्थान र सुरक्षाको ब्यवस्था मिलाइदिन माग गरेका थिए ।

No comments: