News

Jun 3, 2008

संविधान मस्यौदा समितिको नेतृत्व गर्ने व्यक्तिको खोजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाद्वारा गठन गरिने संविधान मस्यौदा समितिको नेतृत्व गर्ने व्यक्तिको खोजी कार्य थालनी गर्नुभएको छ। प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार कोइरालाले त्यसका लागि पूवप्रधान न्यायाधीश विश्वनाथ उपाध्याय, कानुनविद् नीलाम्बर आचार्य तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको नाम अगाडि सार्नुभएको छ।मन्त्रिपरिषद्बाट मनोनयन गरिने २६ जनामध्येबाट उपाध्याय, आचार्य तथा ढुंगानाको नामसमेत समावेश गर्न प्रधानमन्त्री कोइरालाले कसरत गर्नुभएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।प्रधानमन्त्री कोइरालाले पूवप्रधान न्यायाधीश उपाध्यायलाई मन्त्रिपरिषद्बाट संविधानसभा सदस्यमा मनोनयन हुन आग्रह गरिसक्नुभएको बताइएको छ।प्रधानमन्त्री कोइराला निकटस्थ स्रोतले भन्यो- प्रधानमन्त्रीले दुइ/तीन पटक विश्वनाथलाई आग्रह गर्नुभएको छ तर विश्वनाथले त्यसका लागि आनाकानी गरिरहनुभएको छ।’कानुनविद् आचार्यलाई २६ जनामा मनोनयन गर्न नेकपा (माओवादी) ले अस्वीकार गरेको थाहा भएको छ।नेपाली कांग्रेसले प्रस्ताव गरेको नाम माओवादीले अस्वीकार गरेका कारण २६ जना मनोनयन गर्ने कार्य ढिलाइ हुन पुगेको स्रोतले बतायो।प्रधानमन्त्री कोइरालाले एमालेका पूवमहासचिव माधवकुमार नेपाललाई २६ जनामा मनोनयन भई मस्यौदा समितिको नेतृत्व गर्न आग्रह गर्नुभए पनि नेपालले त्यसलाई अस्वीकार गर्नुभएको थियो।स्रोतले भन्यो- नेपालले अस्वीकार गरेपछि प्रधानमन्त्रीले विश्वनाथ, नीलाम्बर र दमनको नाम अगाडि ल्याउनुभएको हो। विश्वनाथले आनाकानी गरे पनि प्रधानमन्त्रीले प्रयास जारी राख्नुभएको छ।’पूवप्रधान न्यायाधीश उपाध्यायले नेपाल समाचारपत्रसँग कुरा गर्दै खै म के गर्छु अहिले नै केही भन्न सक्दिनँ’ भन्नुभयो।प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले मस्यौदा समितिको संयोजक प्रखर व्यक्तित्व हुनुपर्ने धारणा राख्नुभयो।महान्यायाधिवक्ता बन्जाडेले भन्नुभयो- बोल्ने क्षमता र व्यक्तित्व झल्कने खालको मान्छेले मस्यौदा समितिको नेतृत्व गर्नुपर्छ। भारतमा संविधानको मस्यौदा गदर्ँ नेतृत्व गर्ने व्यक्तिले १ हजार घण्टा स्पष्टीकरण दिएका थिए। त्यस्तै व्यक्ति यहाँ पनि आवश्यक हुन्छ।’

No comments: