News

Jun 4, 2008

पारसको अफिसमा सरकारी कार्यालय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र कार्यान्वयनपछि नारायणहिटी दरबार छाड्न लागेका पूर्वराजा ज्ञानेन्द्र र सरकारी टोलीका तर्फाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच भेट भएको भोलिपल्ट मंगलबार नारायणहिटी दरबारभित्र दुइ सरकारी कार्यालय स्थापना गरिएका छन्। पूर्वराजा ज्ञानेन्द्रकै उपस्थितिमा नारायणहिटी दरबारभित्र रहेको सचिवालयको भवनस्थित पूर्वयुवराज पारसको कार्यालयमा सरकारद्वारा दरबार सुरक्षाव्यवस्थाका लागि सुझाव दिन गठित समिति र लगत तय गर्न गठित समितिको कार्यालय स्थापना गरिएका छन्।बिहान करिब साढे १० बजे ५६२४ नम्बरको विशेष कारमा अंगरक्षकसहित सैनिक प्रहरीको सुरक्षामा सचिवालयभवनमा पुगेका पूर्वराजा ज्ञानेन्द्रले दरबारका सचिव र सरकारद्वारा गठित दुवै समितिका पदाधिकारीसँग छुट्टाछुट्टै भेट गरेका थिए। दरबारका सचिवसँग भएको भेटमा पूर्वराजा ज्ञानेन्द्रले सरकारको समितिलाई सहयोग गर्न आग्रह गरेको स्रोतले नेपाल समाचारपत्रलाई बतायो।लगत र सुरक्षा समितिले काम थालेको अघिल्लो दिन सोमबार दरबारले स्वर्गीय राजा वीरेन्द्रले सम्पर्ण जीवन बिताएको श्रीसदन पूरै खाली गरिएको छ। ँवीरेन्द्रको नाममा रहेको सबै सम्पत्ति पूर्वराजा ज्ञानेन्द्रले लगिसकेका छन्’ -स्रोतले भन्यो।सरकारको आदेशमा सबैका निम्ति भेटघाटका निम्ति तय गरिएको मंगलसदनको सामान भने नलगेको स्रोतले बतायो। नयाँ दरबारको माथिल्लो तलामा रहेको राजा वीरेन्द्रको पुस्तकालय, पूजाकोठामा रहेका धार्मिक ग्रन्थको महत्त्वपर्ण पाण्डुलिपिसमेत लगिएको छ’, स्रोतले भन्यो- सरकारले समिति गठन गर्नुअगावै दरबारले विभिन्न राजाका सामान अन्यत्र स्थानान्तरण गरिसकेको छ।’पूर्वराजा ज्ञानेन्द्रको परिवारले नारायणहिटी दरबार छाड्ने निश्चित भएपछि मंगलबार वर्षौंदेखि राजा र राजपरिवारको सेवामा रहेका नौ जनाले दरबार छाडेका छन्। दरबार छाड्ने बज्यैहरूमा इलावती, शीलावती, भानुचित्रा र सोमावती रहेका छन्।त्यस्तै राजाकी आमा रत्नले सन्तानका रूपमा पालेका साधना, भावनालगायत चार जनाले पनि मंगलबार नै दरबारबाट बिदा लिएका छन्।

No comments: