News

Jun 4, 2008

माओवादीप्रति भारत सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका लागि भारतीय राजदूत राकेश सुदले मंगलबार नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डलाई भेट्नुभएको छ। भारतका पूवविदेशमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का नेता जसवन्त सिंहले नेपालका माओवादी भारतका लागि खतरा भएको बताएको भोलिपल्टै भारतीय राजदूतले प्रचण्डलाई भेट्नुभएको हो।प्रचण्डनिवास नयाँ बजार पुग्नुभएका राजदूत सुदलाई अध्यक्ष प्रचण्डले नयाँ सरकारको नेतृत्व माओवादीले गर्ने जानकारी दिँदै भारतले सहयोग गर्नेमा आफू ढुक्क रहेको बताउनुभएको थियो।जबाफमा राजदूत सुदले माओवादीको नेतृत्वमा बन्ने सरकारलाई भारतले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको थियो।अध्यक्ष प्रचण्ड र राजदूत सुदबीच नयाँ सरकारको गठनका विषयमा छलफल भएको स्रोतले बताएको छ। सो अवसरमा माओवादी नेता डा. बाबुराम भट्टर्राईको पनि उपस्थिति रहेको थियो।

No comments: