News

Jun 4, 2008

पूर्व राजालाई 'नागार्जुन दरवार दिनु ठिक भएन'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी संलग्न मन्त्री परिषदले पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दरवार दिने निर्णय गरेकै दिन एक जना वरिष्ठ माओवादी नेताले सरकारको त्यो निर्णयको बिपक्षमा बोलेका छन् ।
माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबासका निम्ति नागार्जुन दरवार दिनुहुन्थेन भनेका छन् । बागमति सरसफाई अभियानले जेठ २२ गते राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै गजुरेलले नागर्जुन दरवार राष्ट्रियकरण भइसकेकाले पूर्व राजालाई त्यो दरवार दिनु ठिक नभएको उल्लेख गरे । 'ज्ञानेन्द्र सामान्य नागरिक भइसकेका छन्, उनलाई दरवार दिनु ठिक भएन' गजुरेलले भने । माओवादी संलग्न मन्त्री परिषदले आजै पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दिने निर्णय गरेको थियो । मन्त्री परिषदको बैठकमा माओवादी मन्त्रीहरुले त्यसबारे निर्णय हुँदा असहमति जनाए/नजनाएको स्पष्ट भएको छैन । कार्यक्रममा उपस्थित अर्थ मन्त्री तथा नेपाली कांग्रेस नेता डा. रामशरण महतले भने पूर्व राजालाई बासस्थानका लागि नागार्जुन दरवार दिने सरकारको निर्णयबारे केही बोलेनन् ।

No comments: