लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङ्बुङ लिम्बू
नेवाः काठमाडौं मे २०, २०१२,नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध संघसंस्थाहरु, आदिवासी जनजाति सम्बद्ध राजनीतिक सङ्गठन र दलका भातृसङ्गठनहरुसमेत आवद्ध रहेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिले सुरुमै ज्ञापन-पत्र दिएर पटकपटक विभिन्न स्वरुपका शान्तिपूर्ण दबाब गर्दा पनि सुनुवाई नगरी जातीय पहिचानसहितको संघीयता नै हुन नदिने षडयन्त्र गर्न थालेपछि आह्वान गरेको ३ दिने आमहड्तालको पहिलो दिन देशैभर व्यापक जनमर्सथनसहित ठप्प बन्दभई सम्पन्न भएको छ ।
काठमाडौंउपत्यकामा बिहान सबेरैदेखि आन्दोलनकर्मीहरु सडकमा उत्रेर बन्द चलेको सवारी साधनलाई नचलाउन भन्दै बन्द गरेका थिए । उपत्यकाका विभिन्न नाका र चोकहरुमा कार्यविभाजन गरी आन्दोलनकर्मीहरु खटेका थिए । काठमाडौंका भित्री भागहरु पनि स्थानीयत नेवार समुदायको सक्रियतामा ठप्पै बन्द रहेको थियो ।
पहिलो दिन विहानको बन्दकक्रम्मा पनि परीक्षार्थी विद्यार्थीहरुलाई बाइकमा आवतजावत गर्नमा रोकटोक गरिएको थिएन । कुटनीतिक नियोगका सवारी साधन, पर्यटक, अस्पतालका गाडी र एम्बुलेन्स तथा प्रेसको सक्कली पहिचानसहित चलेका सवारी साधनहरुलाई निर्वाध रुपमा चल्न दिइएको थियो ।
आन्दोलनकर्मीहरुले आफ्नो कार्यक्षेत्रमा आफ्नो सङ्गठनको व्यानर र झण्डा राखी आ-आफ्नो संस्कृति अनुसारको नाचगान गर्दै, नाराजुलुश गर्दै दनभरि खटेका देखिन्थे ।
उता एकात्मक प्रेसहरुले भने यो शान्तिपूर्ण आन्दोलनको बारेमा दिनैभरि र राती अबेरसम्म पनि केवल नकारात्मक न्युजहरुमात्र सम्प्रेषण गरिहेका थिए ।
आदिवासी जनजातिको बन्दबारे जेठ ७ गते इकान्तिपुरले प्रकाशित गरेको प्रमुख ४ वटा न्युज - काँग्रेससहित सञ्चार सम्बद्ध संस्थाहरुद्वारा भर्त्सना; शान्ति र संविधान सञ्चारका लागि अभियानको खेद; बन्दले जनजीवन प्रभावित, ग्वार्कोमा पनि झडप ; प्रेस माथिको आक्रमणको प्रधानमन्त्रीद्वारा खेद)मध्ये चारैवटा न्युज एक्दमै नकारात्मक- भर्त्सना गरेको, खेद प्रकट गरेको र झडप भएको समाचारमात्र सम्प्रेषण गरेको छ । कुनै न्युजमा पनि बन्दमा व्यापक जनमर्सथन देखिएको र आन्दोलनको मागबारे सकारात्मक खबर ल्याइएको छैन । इकान्तिपुरले बैशाख ७ गने साँझ ७:४७ बज्दा ''काँग्रेससहित सञ्चार सम्बद्ध संस्थाहरुको भर्त्सना'' शीर्षकको ९४२ शब्दको एकपक्षीय नकारात्मक समाचार प्रकाशित गरी पित्त पत्रकारिता गरेको छ । यसलाई जेट ८ गतेको छापा पत्रिकामा अझ ब्यापकता दिनेछ नै |
आन्दोलकर्मीहरुको भनाइअनुसार नेपाल आदिवासी जनजाति महासंघको कुसुन्तिस्थित् कार्यालयमा भिजिलान्तेहरुले आक्रमण गर्ने धम्कीदिएका थिए । यसबारे एकात्मक प्रेस बेखबर बन्यो । सातदोबोटोमा एकजना सादा पोषाकधारी प्रहरी बाइकमा सवारभई बन्दक्षेत्रतर्फजान खोज्दा बन्दकर्ताले रोकी फर्काएपछि उनैले अलिक बाहिर गई त्यहाँका भिजिलान्तेहरुलाई आन्दोलकर्मीमाथि आक्रमण गर्नु अनि हामी(प्रहरी)ले लाठी चार्ज गर्र्छौं भनी उक्साएर आन्दोलनकर्मीमाथि ढुङ्गा प्रहार गरेको खबरप्रति पनि हदैसम्म सम्वेदनशील रहेको भनिएको एकात्मक प्रेस बेखबर नै रह्यो ।
ललितपुरकै बालकुमारीमा बन्दको गर्दै हिँडेका नेवाः आन्दोलनकर्मीले सवारी साधनलाई रोक्न र नचलाउन भनी भनाभन हुँदा प्रहरी प्रशासनले आन्दोलनकर्मीलाई कुटपिट गरेकोप्रति पनि एकात्मक प्रेस मौन रह्यो । तर तेस्पपछि क्षणभरमै हजारौ नेवारहरू बालकुमारी ग्वार्कोमा भेला त्यो प्रहरी प्रशासनको दमनको बिरुद्धमा ओर्लेको कुरा चाहिं झडप भइदियो | यी त केही दृष्टान्तमात्र हुन् । एकात्मक प्रेसले हल्ला फैलाएजस्तो कुरामा केही सत्यता भएपनि किन त्यसो भयो होला भनेर अलिक गहन र मिहिन हिसाबले पनि खोज गर्न आवश्यक छ । फिल्डमा रहँदा सुनिएको केही आवाजअनुसार यी एकात्मक प्रेसहरुले पहिचानसहितको संघीयता र आदिवासी जनजातिप्रति अतिचार नै नकारात्मक हल्ला फिजाउने काम गरेका छन् । उनीहरुको अनुसार सहनुको पनि सीमा हुन्छ । पहिचानसहितको संघीयताका पक्षधर आदिवासी जनजातिले सहँदासहँदा अब सहनै नसक्ने भएका छन् ।
एउटा अर्को दृष्टान्त, आदिवासी जनजातिको सवालमा अलिकति निष्पक्ष छ कि भनिएको सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा जेठ ६ गते डा. कृष्ण भट्टचन, डा. सुरेन्द्र केसी र संघीय विरोधी चित्रबहादुर केसीसँग गरिएको संवादमा एकजना डा. कृष्ण भट्टचन (संघीयता र आदिवासी जनजातिको पक्षपाती) र ३ जना विरोधी भएको स्पष्ट भान हुन्थ्यो । दुईजना आमन्त्रित त संघीयता विरोधी थिए नै साथमा कार्यक्रम प्रस्तोतासमेत निष्पक्ष आभाष हुँदैनथ्यो । अनि, ४ जनामा तीन जनाको विरुद्ध एकजनाले बोल्नुपर्दा अरु त के समयको हिसाबले पनि एकचौथाई मात्र समय मिल्दछ । सो एकचौथाई समयमा जति तथ्य र तार्किक कुरा गर्दा पनि तीन जनाको कुरा माथि हुने गरी कार्यक्रमको तयारी गरिएको हुन्छ । यो पनि केवल एउटा दृष्टान्त मात्र हो ।
एकात्मक प्रेसले नै प्रशारण गरेको समाचार अनुसार जेठ ७ गतेको रिपोर्टस क्लवको साक्षात्कारमा बोलाइएका नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले पत्रकार महासंघले सद्भावर्यालीनामक प्रतिकार जुलुस निकाल्ने कार्यबारे असहमति राख्दा त्यहाँ स्थिति नै असामान्य बन्यो । कारण, त्यहाँ रहेका एकात्मक प्रत्रकारहरु शेर्पाको सो अभिव्यक्ति सुनेपछि पत्रकारबाट छिनभरमै पदच्युत भई कुनै एकात्मक दलका असली नेता वा पक्षपोषक कार्यकर्ता बनेका थिए । आफू पत्रकार हुँ भन्ने कुरा नै बिर्सेर शेर्पा माथि जाइलागेका थिए | अन्तमा, क्लबका धमलाले शेर्पालाई सहज गराई त्यहाँबाट बाहिर पठाउनु पर्यो । त्यसपछि, प्राय: ती सबै पत्रकारहरू पनि सोझै आदिबासीको आन्दोलनको बिरोध गर्न पत्रकार महासंघको आन्दोलनमा होमिएका थिए | आदिवासीको आन्दोलनको होइन आफ्नो न्युज आफैले बनाउन लागेका थिए |
अर्को दृष्टान्त, केही हप्तादिअघिको सुदुरपश्चिमको ब्राहृमण-क्षेत्रीको आन्दोलनबारे नेपालकै सर्वोत्कृष्ट भनिएका कान्तिपुर र नागरिक लगायतका पत्रिकाको लागि पहिलो पृष्ठमै प्रकाशन गर्न योग्य सकारात्मक समाचार बनिरह्यो । पत्रकार महासंघको लागि त्यो प्रसंशानीय र स्वागतयोग्य घट्ना बनिरह्यो । थरुहटमा थारुहरुको जातीय सङ्ग्राहलयमा आगजानी हुँदा, थारुहरुलाई कुटिंदा र गोलि ठोकिंदा पनि सद्भावर्याली निकाल्नु आवश्यक परेन । तर, एकैदिनको आदिवासी जनजाति संयुक्त संर्घष समितिले गरेको नेपाल बन्द पत्रकार महासंघको लागि अति नै अप्रिय र प्रतिकारयोग्य बन्यो । यसको लेखाजोखा सचेत जनता र आन्दोलकर्मीले पनि राख्ने नै छन् ।
जेहोस्, आन्दोलननको आयोजक आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आफ्नो माग पूरा नभएसम्म तीनदिनको आमहड्ताल अझ सशक्तताका साथ सम्पन्न गर्ने जनाएको छ । जनतालाई पीरमार्का पर्नेगरी देशै ठप्प गरेपछि मात्र एकात्मक सरकारले आन्दोलनकर्मीलाई वार्तामा आउन आह्वान गरेको छ । जेठ ७ गते बेलुकी अबेरसम्म बसेको संघर्ष समितिले बैठकले सचिवालय र ९ वटा जातीय संस्था वा प्रस्तावित स्वायत्त राज्य वा क्षेत्रहरुको तर्फबाट पनि प्रतिनिधित्व रहने गरी २६ सदस्यीय वार्ता समिति बनाएको छ ।
संघर्ष समितिले प्रमुख तीनदलका मुख्य नेतृत्व र प्रधानमन्त्रीसँगमात्र वार्ता गर्ने जनाएको छ । वार्तासँगै आमहड्तालको आन्दोलन पनि जारी रहने समतिका नेताहरुले बताएका छन् ।
नोट: यो सामग्री जातीय (राष्ट्रिय) पहिचानसह्तिको संघीयता र आदिवासी जनजातिको हक-अधिकार बिरोधी प्रेसहरुमा प्रकाशनको लागि होइन |
No comments:
Post a Comment