News

May 19, 2012

कन्सुलरले त्यस्तो अभिव्यक्ति नदिएको सहभागीको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वीरगन्ज, जेठ ६,नेपाली कङ्ग्रेसका पर्सा जिल्ला सदस्य शैलेन्द्र यादवले भारतीय कन्सुलर एसडी मेहताले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताविरुद्ध अभिव्यक्ति दिएको भन्ने प्रचार गलत भएको दाबी गरेका छन्। यादवसमेतको भनाईका आधारमा समाचार प्रकाशित भएको थियो। जसलाई उनैले हैन भनेका छन्। त्यसैगरी जनता दलका महासचिव विनय यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका निलम्वित सभासद् विपी यादवले पनि कन्सुलरले उक्त कुरा नै नभनेको तथा यो सरासर झुट भएको दाबी गरे। उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी यसरी कन्सुलरको बचाव गरेका हुन। यी तीनै जना उक्त दिन आयोजित भोजका सहभागी हुन। विनयले उक्त भोज आफूले आयोजना गरेको दाबीसमेत गरेका थिए। वीरगन्जस्थित भारतीय महावाणिज्य दूताबासका राजनीतिक मामिला हेर्ने कन्सुलर मेहताले जेठ १४ अघि नै मधेश आन्दोलनको आँधी बेहरी ल्याउनुपर्छ भनेका समाचार सार्वजनिक भएको थियो। उनको यो अभिव्यक्ति कूटनीतिक आचरणविरुद्ध रहेको र त्यसबाट नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप भएको भन्दै विभिन्न दल तथा संस्थाले व्यापक आपत्ति जनाउँदै आएका छन्।

No comments: