News

May 16, 2012

लिम्वुवान प्राप्तीको लागि प्रतिवद्धता लिम्वुवान राष्ट्रिय मोर्चाको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /थिवोङशा, 
हङकङ, १२ मे २०१२,लिम्वुवान राष्ट्रिय मोर्चाको लिम्वुवानी सम्मेलन तथा लिम्वुवानी आन्दोलनको समिक्षा र आगामी रणनिती विषयमा एक अन्तरक्रिया कार्यक्रम शनिवार वेलुका हङकङमा सम्पन्न भयो । तीन शिर्षक अन्तर्गत  भएको अन्तर्क्रिया कार्यक्रममा 
१, विगतदेखि वर्तमान अवस्थाको लिम्वुवानी आन्दोलनको उपलव्धी र कमीकमजोरीहरुको समिक्षा । 
२, लिम्वुवानको स्थापनाको लागि नयां रणनीती । 
३, लिम्वुवानी संगठनहरुमा एउटै संगठन निर्माण वा कार्यगत एकता । आदि रहेका थियो । कार्यक्रमको अध्यक्षता मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष मदन कन्दङवा र स्वागत मन्तव्य केन्द्रीय सदस्य डि.वी. पालुङवाले गर्नुभएको थियो । प्रमुख अथिती किरात याकथु चुम्लुङ हङकङको अध्यक्ष कृष्णराज लावती रहनुभएको थियो भने अन्य पार्टीको प्रतिनिधीको रुपमा प्रकाश यक्सो लिम्वुवान मुक्ति मोर्चा–अध्यक्ष, लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको सचिव रविन लिङदेन, मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदको अध्यक्ष विष्णु ईङनाम लगायत अन्य संघसस्थाको प्रतिनिधहरु अतिधि रहेको थियो । अन्तरक्रियामा वोल्ने क्रममा लिम्वुवान मुक्ति मोर्चाका अध्यक्ष प्रकाश यक्सोले लिम्वुवान भनेको नेपालको २७ जिल्लाहरु पर्दछन् । तर, अरुण पूर्वका ९ जिल्लाहरु अहिलेको सन्दर्भमा लिम्वुवान राज्य भित्र हुनुपर्दछ । तराईको तीन जिल्लाहरु झापा, मोरङ र सुनसरी लिम्वुवान भुमि हुन् । यो लिम्वुवानवाट कहिल्यै अलग हुन सक्दैन । यी कुराहरुमा मिले पार्टी एकता या कार्यगत एकता गर्न सकिने वताउनुभयो । मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदको अध्यक्ष विष्णु ईङनामले आईएलओ १६९ को वकालत गर्दै सवै संगठनहरु एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो । लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको सचिव रविन लिङदेनले आफ्नो पार्टीको माग पनि जातियल पहिचन संगैं आत्मनिर्णयको अधिकार सहितको अरुण पूर्व नौं जिल्ला लिम्वुवाननै हो । तर, राजनितिक लेनदेनमा तलमाथि पर्न सक्ने कुरा वताउनुभयो । त्यस्तै पहिचान सहितको लिम्बुवान प्राप्त गर्न सवैसंग एकता गर्दै जानुपर्नेमा जोड दिनुभयो । कियाचु हङकङको अध्यक्ष कृष्णराज लावतीले सवै मोर्चा, पार्टीहरु एक भएर जादा मात्र लक्ष्यमा पुग्न सकिने हुनाले उक्त कार्य चाडै गर्न सुझाव दिनुभयो । लिरामोको सटिक कार्यक्रमहरुको स्वागत गर्दै लिरामोको एकता अभियानको शुरुवातको स्वागत गर्दै सवैलाई साथ दिन अनुरोध गनुृभयो । त्यस्तै वर्तमान अवस्थामा चलिरहेको लिम्बुवानी आन्दोलनलाई उचाईमा पुर्याउन सवै लिम्बुवानवादी संघ–सस्थालाई कम्वर कसेर लाग्न अनुरोध गर्नुभयो । एकिकृत नेकपा माओवादी हङकङ कमिटीका पार्टी सचिव जे.वी. ओख्रावुले माओवादीवाट हामीले सोचेजती आशा गर्न नसकिने वताउनुभयो । किनकी माओवादीले ल्याएको राज्यपूनसंरचनामा अन्य पार्टीले वखेडा निकालेकोले समय परिस्थितिले उसलाई पनि समस्यामा पारेको छ । यदी उसले भनेको मिल्ने भए दिई हाल्थ्यो भन्नुभयो । माओवादी जातीय राज्यको पक्षमा रहेको वताउनुभयो । जनजाति पत्रकार महासंघका अध्यक्ष तथा लिम्वु वुद्धिजीवी भूपेन्द्र चेम्जोङले वाहुनवादको कारण सवै पार्टीका वाहुन नेताहरु अहिले एक भईरहेको आफ्नो असली रुप देखाउन थालेकाछन् भन्नुभयो । जनजातिहरुको मागको विषयलाई प्रवेश नगराउने मनस्थितीमा रहेको वताउनुभयो । त्यसैले जनजातिहरु सचेत हुदै आफ्नो अधिकार प्राप्तीको लागि लड्नुपर्नेमा जोड दिनुभयो । लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले कार्यपत्र प्रस्तुत गर्दै लिम्वुवानी आन्दोलनको समिक्षा छैटौं शताव्दी देखि वर्तमान अवस्थासम्मको गर्नुभयो । लिम्वुवान स्थापनाको कालमा लिम्वुवान आन्दोलन सफल भएको वताउनुभयो । त्यस्तै वि.स.ं १८३१ देखि लिम्वुवान गोर्खाको स्वायत्त अंगको रुपमा प्रवेश गरेदेखिनै आन्दोलन भएको थियो । तर, ती आन्दोलन सफल हुन पाएको थिएन । वि.सं. २००७ मा विजय वहादुर लिम्वुले हतियारवद्ध आन्दोलन गरेका थिए । तर, वि.सं.२००८मा उनीहरुलाई ईलाममा मारिएपछि आन्दोलन तुहिएको थियो । वि.सं.२००७ मा कांग्रेसले लिम्वुहरुलाई धोका दिएको थियो । वि.सं. २०२१ मा किपट पूनस्थापना आन्दोलन पनि व्यापक भएको थियो । त्यो पनि पञ्चायती सरकारले दवायो । वि.स.२०४३ तिर विर नेम्वाङको लिम्वुवान मुक्ति मोर्चाको गठन भएको थियो । त्यस्तै लिरामोको गठन हङकङमा, नेपलमा संघीय लिम्वुवान राज्य परिषद गठन हुदै लिम्वुवानी संगठनहरु धेरै भए । यसको कारण लिम्वुवानी शक्ति कमजोर भै आन्दोलन प्रभावकारी नभएको वताउनुभयो । त्यसको लागि सवै संगठनहरु एक हुन जोड गर्नुभयो । सवै संगठनहरु एक हुनको लागि माक्र्सवाद, वाहुनवाद होईन मुन्धुमवाद र दश लिम्वुवानको निती अनुसरण गर्न सकिने वताउनुभयो । उहाले वाजहाङ आङवोहाङ, विजयवहादुर आदिलाई लाई लिम्वुवानी शहिद, कांसोरे योद्धा, वीर नेम्वाङलाई लिम्वुवानको आदर्श मान्न सकिने उल्लेख गर्नुभयो । अव लिम्वुवान प्राप्तीको लागि अझै कडा संघर्ष गर्नुपर्ने भएकोले वर्तमान घडीमा नेपालमा सञ्चालित लिम्वुवान संघर्ष समितलिाई सक्दो सहयोग गर्नु पर्ने कुरामा जोड दिनुभयो । भर्खरै मात्र संयुक्त लिम्वुवान मोर्चा हङकङले नेपालमा आन्दोलन गरिरहेको लिम्वुवान संघर्ष समितीलाई सहयोग गरिसकेको जानकारी गराउदै अझै वृहत सहयोग गर्न सकिने वताउनुभयो । लिम्वुवान नभएसम्म लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो प्रतिवद्धता सवै वक्ताहरुले व्यक्त गरेका थिए । अन्त्यमा, नेता तथा उपस्थित सवैवाट लिम्वुवान स्वायत्त राज्यको लागि जतिसुकै चुनौतीहरु आएपनि लिम्वुवानको पहिचानको लागि झुझारु भएर लडिरहने निस्कर्ष निस्किएको थियो ।

No comments: