लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ जेठ,संविधान निर्माणको क्रममा राज्यको पुर्नसंरचनामा देखिएको विवादमा सहमति जुटाउन संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेशको संख्या, प्रदेशको नामकरण र सिमाङकन त्यस्तै संघीय आयोग गठन गर्ने, आज अन्तिम दिन कस्तो संविधान जारी गर्ने र संविधानसभाको विकल्प लगायतका विषयमा छलफल गरीरहेको बताईएको छ ।
यसैवीच आजै विहान नेपाली काग्रेसले आन्तरिक छलफल गरेर विवाद समाधानको नयाँ प्रस्ताव तयार पारेको छ । स्रोतका अनुसार काग्रेसले बहुपहिचानको आधारमा १३ वटा प्रदेशमा जाने गरी नयाँ प्रस्ताव तयार पारेको छ । त्यसको अन्य आधारको विषयमा भने केही खुल्न सकेको छैन ।
No comments:
Post a Comment