News

May 18, 2012

सभासद्सहित राप्रपाका ७६ पक्राउ, १२ सवारी तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेठ ५,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको नेपाल बन्दका क्रममा जबर्जस्ती बन्द गराउने तथा तोडफोड गर्ने काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट १ महिलासहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा सभासद् चन्द्रबहादुर गुरुङसमेत छन्। काठमाडौं पुरानो बसपार्कमा वा.१ ज ४७०१ नम्बरको ट्याक्सी, सामाखुशीमा बा.१ ज ८३४९ नम्बरको माइक्रोबस, सामाखुशीमा कान्ती बाल अस्पतालको बा.१ झ २२१७ नम्बरको गाडी, बिजुलीबजार नजिक बा.१ ह ३८७९ नम्बरको टेम्पो, टुडालदेवीमा बा.१ ज १०८६ नम्बरको ट्याक्सी, र चप्पल कारखानामा बा.१ ज ८४२२ नम्बरको माइक्रोबसको शिशा बन्दकर्ताले तोडफोड गरेका छन्। ललितपुरको प्रतिमाचोकमा बा.१ ज ७६२८ नम्बरको माइक्रोबसको शिसा पूर्णरूपमा तोडफोड गरेका छन्। तोडफोडको क्रममा गाडीका यात्रु ४५ वर्षीय धनीराम थापाको टाउकोमा चोट लागेकाले स्टार अस्पतालमा उपचार भइरहेको छ। सातदोबाटोमा बा.२ ख ५१७ नम्बरको बसको शिशा तोडफोड भएको छ। बन्दकर्ताले मकवानपुरको हेटौंडा नगरपालिका–९ स्थित वन कार्यालय नजिक आज ०५:५५ बजे ना.१ त ६९७७, ना.१ त ६४४९ नम्बरका ट्याक्टर, ना.३ ख ९३८ नम्वरको ट्रक र ना.४ ख ९१३ नम्वरको टिपरको सिसा तोडफोड गरी क्षति पुर्‍याएका प्रहरीले जनाएको छ।

No comments: