News

May 17, 2012

ओबामा र श्रीमतीको सम्पत्ति २६ देखि ८३ लाख अमेरिकी डलर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामाको कुल सम्पत्ति २६ देखि ८३ लाख अमेरिकी डलर बीच रहेको बिबिसीले जनाएको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको बार्षिक पतिवेदन अनुसार अमेरिकी आर्थिक रिपोर्ट मार्फत सार्वजनिक गरेको हो । सन् २०१० मा ओबामा दम्पत्तीको कुल सम्पत्ति १८ देखि १२० लाख अमेरिकी डलर रहेकोमा सन् २०११ मा यो दर केही मात्रामा घटेको हो । ओबामा परिवारले शिकागोमा रहेको घरका लागि ३० बर्षका लागि १० लाख अमेरिकी डलर ऋण लिएको र बार्षिक ५ दशमलव ६२ प्रतिशत ब्याज तिर्ने गरेको पनि आर्थिक रिपोर्ट मार्फत सार्वजनिक भएको छ । यसैगरी आगामी निर्वाचनमा ओबामाका प्रतिद्वन्दी बन्ने तयारी गरिरहेका रिपब्लिकन पार्टीका मिट रोम्नीको सम्पत्ति १९ देखि २५ करोड डलर रहेको छ । अमेरिकामा हुने आगामी राष्ट्रपतीय चुनाव अघि यसरी सम्पत्ति विवरण बाहिर ल्याइएको हो ।

No comments: