News

May 15, 2012

चीनले माछा मार्न प्रतिबन्ध लगाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ - भोलिदेखि लागू हुने गरेर चीनले 'साउथ चाइना सी'को विवादित जलक्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । उक्त जलक्षेत्रमा एक वर्षको लागि माछा मार्न प्रतिबन्ध लगाउने तयारी गरेको हो । 'साउथ चाइना सी' चीन र फिलिपिन्स दुवैले स्वामित्व दाबी गरेको जलक्षेत्र हो । त्यसैले फिलिपिन्सले भने चीनको प्रतिबन्ध अस्विकार गर्ने चेतावनी दिएको छ । चीनको 'साउथ चाइना मत्स्यपालन प्रशासनिक ब्युरो'का अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समुन्द्रको हुआनग्यान दीपमा माछा मार्न प्रतिबन्ध लगाइने समाचार प्रकाशन गरेको थियो । चीनले लागू गर्न खोजेको प्रतिबन्ध अस्वीकार गरिने फिलिपिनी विदेशसचिव अल्बर्ट डेल रोसारियोले बताएका छन् ।

No comments: