News

May 16, 2012

जोलीले पिटलाई हेलिकप्टर उपहार दिइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्ना मंगेतर अभिनेता ब्रांड पिटलाई दिएको उपहारले फेरी चर्चामा आएकी छिन् । उनले ब्रांड पिटलाई हेलिकप्टर उपहार स्वरुप दिएकी छिन् । अभिनेत्री जोलीले सो हेलिकप्टर र यसलाई चलाउने कलाको लागि १० लाख पाउंड खर्च गरेकी छिन् । जोली र पिटको दक्षिणी फ्राँन्सस्थित घरमा हेलीपैड बनाएको थियो । यसकारण जोलीले आफ्ना मंगेतरलाई हेलिकप्टर उपहार स्वरुपमा दिएका अचम्मित बनाएकी छिन् । यो जोडीले यस घरको आसपासको क्षेत्रहरुको भ्रमणको लागि यो हेलिकप्टरको उपयोग गर्ने बताएका छन् । हाल अभिनेता पिटसँग प्राइभेट पायलट लाइसेन्स नभएको तर उनले चाँडै नै सो लाइसेन्स हासिल गर्ने पनि बताइएको छ । पछिल्लो समयमा जोलीले पिटको लागि सम्बन्धलाई सधैं सुमधुर बनाइ राख्ने विश्वास गरिने दुई सय बर्ष पुरानो जिवित रुख उपहार प्रदान गरेकी थिइन् । जुन निकै चर्चाको विषय बनेको थियो ।

No comments: