News

May 16, 2012

तीन दलबीचको सहमति माओवादीद्वारा अनुमोदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादीको बिशेष बैठकले मंगलबार मधेसी मोर्चासहित स‌ंविधानसभाका प्रमुख दलहरुले गरेको सहमति अनुमोदन गरेको छ । साथै उसले उक्त सहमतिलाई जनताको पक्षमा भएको सहमतिको संज्ञा दिएको छ । माओवादीकै उपाध्यक्ष मोहन बैद्य पक्ष सहमभागी नभएको बैठकले राज्य पुनर्संरचनाका सम्बन्धमा पत्रपत्रिकाले सार्वजनिक गरेको नक्सा भने तोडमरोड भएर आएको बताएको छ । 'राज्यको पुनर्संरचना पहिचान र सामार्थ्यमा टेकेर संविधानसभाको समितिको प्रतिवेदनकै आधारमा हुने हो' बैठक पछि माओवादी प्रबक्ता दिननाथ शर्माले संवाददाताहरुसंग भने, 'जुन सिमांकनको नक्सा आएको छ त्यो तोडमरोड गरिएको छ ।' माओवादीकै उपाध्यक्ष बैद्य पक्ष, मधेसी मोर्चा र जनजातिले भने मंगलबार साँझ नै त्यसको विरोध गरेको थियो ।

No comments: