News

May 17, 2012

म्यानमारका कट्टरपन्थी नेता भिक्षु बने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
म्यानमारका उपराष्ट्रपति तथा पूर्व सैनिक सरकार प्रमुख थान श्वेका नजिकका सहयोगी भिक्षु बनेको अधिकारीहरुले बताएका छन् र यसले यस मुलुकको सुधारवादी नेताहरुलाई बलियो बनाउने विश्वास गरिएको छ । उपराष्ट्रपति टिन अङ मिन्ट ऊ शासनको बढी प्रतिक्रियावादी सदस्यको रुपमा रहनुभएको थियो र उहाँ मे ३ मा विहार प्रवेश गर्नुभएको बताइएको छ । उहाँले विहारमा कति समय विताउने योजना बनाएको भन्ने सम्बन्धमा केही पनि बताइएको छैन । एक अधिकारीले उहाँ भिक्षुको रुपमा रहनुभएको भने स्वीकार गरे ।यी अधिकारीले उपराष्ट्रपति अझै पनि भिक्षुको रुपमा रहेको तर आफूहरुले उहाँले राजिनामा दिएको विषयमा जानकारी प्राप्त नगरेको बताए । सरकारले पनि यस विषयमा केही पनि बोलेको छैन । उपराष्ट्रपति टिन अङ मिन्ट ऊको अकस्मात् कार्यालयमा अनुपस्थितिले उहाँले राजिनामा दिनुभएको आशङ्का गराएको छ । उहाँको स्थानमा थप सुधारवादी नेतालाई स्थापना गरिने हो वा होइन भन्ने आशङ्का गरिएको छ । म्यानमारका पूर्व सैनिक जनरल राष्ट्रपति थाँ सिनले उहाँ अघिल्लो वर्ष सरकारमा आएपछि अनेकौँ सुधारका कार्यक्रम अगाडि बढाउनुभएको छ ।यसपछि म्यानमारमा दशकौँको सैनिक शासन अन्त्य भएको छ र पश्चिमी मुलुकले यस मुलुकमाथि लगाएका प्रतिबन्ध पनि हटाएका छन् ।

No comments: