News

May 16, 2012

मंकिहिलमा झापाली भेटघाट, नेताहरुको चासो संविधानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/आम्भु जेठा, 
 हङकङ १३ मे,झापा जिल्लावासीहरुले मंकिहिलको डाडामा आइतवार नेपाली नयाँवर्ष २०६९ मनाएको छ । नयाँवर्षको अवसरमा हङकङवासी नेपालीहरुको वृहत झापाली भेटघाट कार्यक्रमको आयोजना हङकङ झापा मञ्चले गरेको थियो । मञ्चले आयोजना गरेको कायृक्रममा एकिकृत नेकपा माओवादी पार्टी हङकङका सचिव जे. वी. ओख्रवु र सहसचिव पवन वस्नेत, नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा र निवर्तमान अध्यक्ष हेम लिम्बु, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, तामाङ घेदुङ संघका अध्यक्ष दुर्गा तामाङ लगायतका नेताहरुले नयाँ वर्षको अवसरमा वृहत झापाली भेटघाट कार्यक्रममा आ–आफ्नो मन्वब्य राखेका थिए । उनिहरुले संविधानको विषयमा चासो राखेका थिए । मंकिहिलको डाडाबाट नेताहरुले नेपालको संविधानको विषयमा चासो र चिन्ता प्रकट गरेका थिए । जेठ १४ को संविधानसभा बाट नेपालीको भविश्य सुनिश्चितताको विषयमा चासो राखेका थिए । जनजाति संग आवद्घ नेताहरुले जनजाति सभासदहरुलाई सुझाव र दवाव दिनु पर्नेमा जोड दिएका थिए । एकिकृत नेकपा माओवादी पार्टी हङकङका सचिव जे. वी. ओख्रवुले माओवादी पार्टीले जनतालाई धोका दिन नहुने वताउदै पचिान सहितको सघियता हुनु पर्ने वताए । नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापाले महासंघको कार्यालय खरिद गर्ने तयारि गरेको वताए । उनले कार्यालयको लागि नेपाली समुदायवाट हङकङ डलर तीनलाख भन्दा माथि संकलन गरि सकेको वताएका छन । महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बुले नेपालीको साझा कार्यालयको विषयमा सवै नेपाली एकजुट हुनुपर्ने वताएका छन । आफ्नो कार्यालयको वारेमा सवै नेपाली एकजुट भइ हङकङ सरकार संग संवात गर्नु पर्ने लिम्बुले वताए । यसरि, त्यतिकै मात्रमा संवाद गर्न सकेमा सरकारले नेपालीलाई क्लबघर दिने संभावना नजिक रहेको लिम्बले वताएका छन । विविक्यू सहित भएको भेटघाट कार्यक्रमको अवसरमा मञ्चको आजिवन सदस्यताको प्रमाण पत्र प्रमुख अतिथि प्रदिप थापाले वितरण गरेका थिए । पाँचसय हङकङ डलर तिरेपछि हङकङ झापा मञ्चको आजिवन सदस्य वनेर प्रमाण पत्र पाएको मञ्चका एक आजिवन सदस्यले वताए । मंकिहिलको झापाली भेटघाट कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्वाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको सचिव रविन लिङदेन, नेपाली जनसंपर्क समितिका महामन्त्रि वसन्त श्रीनेत, मञ्च संवद्घ सघिय लिम्बुवान राज्य परिषदका सचिव झरमान लिङदेन, नेपाली समाज हङकङका अध्यक्ष इन्द्र लक्सम, लिम्बु चलचित्र निर्माता तथा माराम फिल्मका निर्देशक सुर्य प्रकास चेमजोङ, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष हस्त लिवाङ, तेह्रथुम हङकङ समाजका अध्यक्ष त्रिभुवन लुङफङवा, पान्थर मञ्च हङकङका सचिव टिका माखिमलाइ औपचारिक आसन ग्रहण गराइएको थियो । मञ्चका अध्यक्ष चन्द्र वहादुर लिम्बुको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा सचिव क्षत्र सुब्बाले कार्यक्रम संचालन गरेका थिए । मञ्चको औपचारिक कार्यक्रमलाई उपाध्यक्ष डम्बर लिङदेनले स्वागत मन्तब्य गरेका थिए ।

No comments: