News

May 19, 2012

प्रधानमन्त्रीको सम्वोधनपछि संसदको अबरोध हट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 मधेसी सभासदहरुले उठाएका मगका सम्बन्धमा प्रधानमन्त्री बाबुराम भट्टराईले सम्वोधन गरेपछि व्यवस्थापिका संसदको बैठक सुचार भएको छ । सम्वोधनमा भट्टराईले ११ प्रदेश बनाउने प्रारम्भीक सहमति मात्रै भएको बताएका थिए । संसदको अबरोध हटेपछि छोटो प्रक्रियाबाट संविधान जारीगर्न अन्तिरिम संविधानको १२औं संसोधन प्रक्रिया अघि बढेको छ । जेठ १४ भित्रै संविधान जारीगर्न संविधानको धारा ७० संशोधन गर्नुपर्ने जनाउदै प्रधानमन्त्रीले गम्भीर हुन मधेसी मोर्चालाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको सम्वोधनपछि बृहत मोर्चाका संयोजक उपेन्द्र यादवले एकिकृत माओवादी अध्यक्ष प्रचण्डसं शुक्रबार भएको भेटमा मुलुकलाई ११ प्रदेशमा पुनःसंरचना गर्नेबारेको सहमति प्रारम्भीक भएको बताएकाले संसद चल्न दिएको बताए । बैठक शुक्रबार अपराह्न ३ बजेका लागि बोलाइएको भए पनि मधेसी दलहरुसंग छलफल गर्दै प्रधानमन्त्रीले सम्वोधन गर्नुपर्ने भएकाले कारण साँझ ८ बजे मात्रै सुरु भएको थियो ।बृहद् मधेसी मोर्चामा आवद्ध सभासद्हरूले प्रमुख तीन दलबीच भएको ११ प्रदेशसहितको राज्य पुनःसंरचना बारेको सहमति मधेसी, आदिवासी र दलितका हितमा नभएकोले सहमति भङ्ग नभएसम्म संसद स्थगित गर्नुपर्ने बताएका थिए । मोर्चामा आवद्ध सभासद्हरुको अवरोधका कारण व्यवस्थापिका–संसदको विहिबारको दोस्रो बैठक अवरूद्ध भएको थियो ।

No comments: