लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्साका कानुनव्यवसायीले जेठ १४ मै संविधान जारी हुनपर्ने माग गर्दै आज वीरगन्जमा प्रदर्शन गरेका छन् ।
आज बिहान नेपाल बार एसोसिएसन पार्साले वीरगन्जमा जनचाहानाअनुसार जेठ १४ मै नयाँ संविधान जारी गर्नु पर्ने भन्दै आन्दोलन गरेको हो । जेठ १४ मै संविधान जारी हुनपर्ने माग राख्दै कानुनव्यवासायीको अगुवाईमा पर्सामा प्रदर्शन भएको हो ।
वीरगन्जको घन्टाघरबाट निस्किएको कुनव्यवसायीको जुलुस पुन घन्टाघरमा आएर सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पर्सा बार अध्यक्ष विनय सिंह लगायतका सहभागिले सर्वोच्चको फैसलाको सम्मान गर्दै जेठ १४मा संविधा जारी गर्नुपर्नेमा जोड दिएका छन् ।
No comments:
Post a Comment