लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा भंग भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंसिर ७ गते तोकेको संविधानसभाको चुनावको विरुद्ध परेको रिटको सर्वोच्चले फैसला गरेको छ ।
सर्वोच्चले आज रिटको फैसला गर्दै प्रधानमन्त्रीलाई १० दिनभित्र लिखित जवाफ दिन समेत आदेश दिएको छ ।
प्रधानमन्त्रीले संविधान सभाको निर्वाचन आगामी मंसिर ७ गते तोक्नु अवैधानिक भन्दै परेको रिटको सुनुवाई ताहिर अलि अन्सारीको इजलासले गरेको थियो ।
अब प्रधानमन्त्रीको जवाफ प्राप्त भइसकेपछि विशेष इजलासबाट यसको अन्तिम सुनुवाई हुने बताइएको छ ।
यो मुद्धामा अन्तरिम आदेश नै जारी नगरी एकै पटक विशेष इजलासले अन्तिम सुनुवाई गर्ने जनाइएको छ ।
No comments:
Post a Comment