News

May 19, 2012

सगरमाथामाको शिरमा ७३ वर्षीया जापानी महिला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जापानकी ७३ वर्षीया महिलाले सगरमाथाको शिरमा पाइला राखेर आफ्नै पुरानो कीर्तिमानलाई तोडेकी छन् । सन् २००२मा ६३ वर्षको उमेरमा सगरमाथाको टुप्पोमा पाइला टेकेकी जापानी महिला तामाए वातानाबेले आफ्नै रेकर्ड तोडेकी हुन । पहिलो पटक सगरमाथा चढेको १० वर्षपछि वातानाबेले चार साथीसहित सगरमाथाको तिब्बतखण्डबाट उचाइ नाप्दै आफ्नो रेकर्ड तोडेकी हुन । उनले सगरमाथाको उचाइ नापेको खबर पर्यटन व्यवसायी आङछिरिङ शेपाले दिएका छन् । ७३ वर्षमा सफल सगरमाथा आरोहण गर्ने वातानाबे र उनको टोली सगरमाथामा पाइला राखेर सफलताका साथ आधार शिविरतर्फ फर्किरहेको खबर प्राप्त भएको छ ।

No comments: