News

May 16, 2012

माओवादी केन्द्रिय समितिको बैठक जारी, वैद्य पक्षद्वारा बहिस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संविधान लेखनका विवादित विषय टुंगिएसँगै एकीकृत नेकपा माओवादी केन्द्रिय समितिको बैठक अहिले बसीरहेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा जारी बैठकमा हिजो शिर्ष दलहरुबीच भएको सहमति केन्द्रिय सदस्यहरुलाई जानकारी गराइने बताइएको छ । आजको बैठकले सो सहमतिलाई अनुमोदन गर्ने पनि बताइए पनि उपाध्यक्ष वैद्य समुहका कुनै पनि सदस्य बैठकमा सहभागी भएका छैनन् । वैद्य पक्षले भने ११ प्रदेशमा असन्तुष्टि जनाएको छ । स्थायी समिति बैठक नबोलाई सहमतिमा नेतृत्वले हस्ताक्षर गरेको भन्दै वैद पक्ष पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेको छ ।

No comments: