News

May 17, 2012

कांग्रेसबाट थप मन्त्री नपठाउने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ ४ - कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको सरकार छोटो अवधिका लागि भएकाले थप मन्त्री नपठाउने मनस्थिति बनाएको छ । पार्टीको भागमा परेको थप तीन मन्त्री छनौटका लागि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई जिम्मेबारी दिएको थियो । तर, अधिकांश केन्द्रीय सदस्यहरुले दश दिनका लागि नपठाउदै राम्रो हुने सुझाव दिएपछि पौडेलले मन्त्री छनोटमा चासो दिएका छैनन । 'राष्ट्रिय सहमतीको सरकारका लागि प्रतिनिधित्व गर्ने दुईजना हुदै हुनुहुन्छ, दश/आठ दिनका लागि मन्त्रीमा किन विवाद गरीरहने भन्ने कुरा उठेपछि नेताहरु समेतले खासै छलफल गर्नुभएको छैन' कांग्रेसका एक केन्द्रीय सदस्यले भने । कांग्रेसबाट महामन्त्री कृष्णप्रसाद सिटौला र सुर्यमान गुरुङ सरकारमा सामेल छन । उनीहरुले अहिलेसम्म मन्त्रालयसम्म पाएका छैनन् । कांग्रेसले बुधबार साना दललाई मन्त्रिमण्डलमा सहभागिता गराउदा समेत छलफल नगरेको भन्दै प्रधानमन्त्रीसंग असन्तुष्ट जनाएको छ । यसअघि बरिष्ट नेता शेरबहादुर देउवाले संविधानका विवादित मुद्दा नमिलेका कारण आफ्नो समूहलाई सरकारमा सहभागिता नगराउने अडान लिएपछि थप मन्त्री छनौट गर्न सकेको थिएन । कांग्रेसभित्र थप मन्त्रीको रुपमा चित्रलेखा यादव, गोपाल पाहडि, नविन्द्रराज जोशीको नाम चर्चामा थियो ।

No comments: