News

May 16, 2012

प्रधानमन्त्रीद्वारा नयाँ सात मन्त्रीलाई सपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मन्त्रीमण्डल विस्तार गर्दै आज प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सात मन्त्रीलाई सपथ दिलाएका छन् । एमालेका तर्फबाट इश्वर पोखरेलले उपप्रधानमन्त्रीको सपथ लिएका छन् । आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष कार्यक्रममा एमाले र अन्य साना दलका तर्फबाट सिफारिस मन्त्रीसहित ७ जनालाई भट्टराईले सपथ दिलाएका हुन् । उनीहरुलाई विनाविभागीय मन्त्रीमा भट्टराईले सपथ दिलाएका हुन् । सपथ लिनेमा एमालेबाट उपप्रधानसहित विनाविभागीय मन्त्रीमा इश्वर पोखरेल तथा मन्त्रीमा राधा ज्ञवाली परेका हुन् । त्यस्तै संघीय सद्भावनाबाट अनिलकुमार झा, राप्रपाबाट परशुराम खापुङ, नेकपा (संयुक्त)बाट चन्द्रदेव जोशी, नेपाल परिवार दलबाट एकनाथ ढकाल र नेपाः राष्ट्रिय पार्टीका तर्फबाट केशवमान शाक्य छन् । केही मधेसवादी दलका मन्त्री बाहेकका अन्य कुनैपनि मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । उपप्रधानमन्त्रीमा भने यसअघि विजय गच्छेदार, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद सिटौलाले सपथ लिइसकेका छन् ।

No comments: