News

May 19, 2012

मधेशी र जनजातिले संयुक्त आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेष्ठ ६ - वृहत मधेशी मोर्चा र आदिवासी जनजाति संयुक्त संघर्ष समिति आफ्ना साझा मागका लागि संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । दुवैले शनिबार पत्रकार सम्मेलन मार्फत साझा माग र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । दुई पक्षबीच मोर्चाले जेठ ५ गतेबाट आह्वान गरेको अनिश्चितकालीन मधेश बन्द, समितिले आह्वान गरेको जेठ ७, ८ र ९ को आमहड्ताल सहितको नेपाल बन्द संयुक्त रुपमा सफल पार्ने सहमति भएको छ । त्यस्तै समितिको जेठ १० देखि १४ सम्म संविधानसभा भवन अगाडि धर्ना कार्यक्रममा पनि मोर्चाको सहभागिता रहने छ । दुवै संगठनले पहिचान सहितको संघीयता, राज्यको सबै अंगमा जाति समुदायको जनसंख्या अनुसारको समावेशी प्रतिनिधित्व, आत्मनिर्णयको अधिकार सहित प्रादेशिक स्वायत्तता र स्वायत्त क्षेत्रको सुनिश्चितताको माग गरेको छ । संयुक्त वक्तव्यमा मोर्चाका उपेन्द्र यादव तथा समितिका पर्शुराम तामाङ लगायतले हस्ताक्षर गरेका छन् ।

No comments: