लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधान जारी नै नगरी नेपालमा संविधानसभाको विघटन भएकोमा राष्ट्रसंघका महासचिव बान कि मुनले चिन्ता व्यक्त गरेका छन् । मुनका प्रवक्ताले आज जारी गरेको एक विज्ञप्तिमा संविधानसभाको विघटनले नेपाली जनतामा छाएको निराशाप्रति सहानुभूति व्यक्त गरेको उल्लेख छ ।
विज्ञप्तिमा अविलम्ब बैधानिक प्रक्रियाबाट संविधान निर्माणको कामलाई निरन्तरता दिनु जरुरी भएको उल्लेख गरिएको छ । मुनले विज्ञप्तिमार्फत संविधानसभा विघटनसँगै नेपाल संवैधानिक र राजनीतिक अनिश्चिततातर्फ प्रवेश गरेको बताएका छन् । उनले सबै दललाई अहिलेसम्मको उपलब्धीको रक्षा गर्न विगतका प्रतिवद्धतालाई पूरा गर्न आग्रह गरेका छन् ।
यसैबीच नेपालमा देखिएको पछिल्लो घटनाक्रमका बारेमा चिनियाँ राजदूत याङ हाउलान र भारतीय राजदूत जयन्तप्रसादको आज बिहान प्रधानमन्त्रीसँगको छुट्टा छुट्टै भेटमा चासो व्यक्त गरेका छन् ।
No comments:
Post a Comment