News

May 16, 2012

सर्व लिम्बूवान संघको प्रेस बिज्ञाप्ती

या.सं. ५९९० थेरेङनाम 
२८ गते वि.सं. २०६९ वैशाख २५ गते 
जनकपुर बम विस्फोटनको भत्र्सना 
 ३८ औं पुस्ताका याक्थुङ राजातथा नेबालाजेका (काठमाण्डौं उपत्यका) का २१ औं राजायलम्बरहाङ(या.सं.११९८-१२८९) कापनाति काठमाण्डौं उपत्यकाका चाहिँ २४ औं राजालिम्बूहाङ(या.सं.१३०१-१४०६) ले याक्थुङ संवत १३२६ देखि १३९६ सालसम्म लाएर निर्माण गरेको लिम्बूवान राष्ट्र राज्य हाल नेपाल, भारत र बंगलादेशमा विभाजन भएर बसेको छ । यीतीन देशहरु मध्ये सुनकोशी नदीको शिर सकवालुङ हिमाल-काठमाण्डौं उपत्यका पश्चिमको साङदोलुङ पहाड-बाग्मतीनदीपूर्व, सिक्कम-मेचीनदी पश्चिम, भारत उत्तर र तिब्बत-चीन दक्षिण यतिचार सिमानाभित्र नेपाल अर्न्तर्गत काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, र्सलाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरी जम्मा २७जिल्लाहरु पर्दछन् । लिम्बूवानका यिनै २७ जिल्ला मध्य धनुषा जिल्लाको जनकपुर स्थित रामानन्द चोकमा मिथिला राज्य संघर्ष समितिकोअहृवानमा भएको शान्तिपूर्ण धर्नामाथि २०६९ साल बैशाख १८ गते सोमबारकादिनभएको बम विस्फोटन सर्व लिम्बूवान संघ'लिम्बूवान ढिलैगरी भएपनि घोर भर्त्सना गर्दछ । सो विस्फोटनमा परी दिवंगत हुनेहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै उनीहरुको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामना गर्दै यस दुःखद घडीमा शोक संतप्त परिवारप्रति सर्व लिम्बूवान संघ हार्दिक समवेदना प्रकट गर्दछ साथै घाइते हुनेहरुप्रति सहानुभूति राख्दै उनीहरुको शि घ्र स्वास्थ्यलाभको कामना पनि गर्दछ । सो घट्ना गराउने अपराधीहरुलाई कडाभन्दा कडा कारवाहीगरी पीडित परिवारहरुलाई राज्यले उचित क्षति पूर्ति समेत दियोस् भन्ने'सर्व लिम्बूवान संघ' नेपाल सरकारसंग जोडदार मागगर्दछ । 
वृत्तान्त यक्सो,ब्रमाण्ड शेर्मा 
महासचिव र्सव लिम्बूवान संघ,
लिम्बूवान अध्यक्ष

No comments: