News

May 18, 2012

सार्वभौमसत्ता विरुद्ध बोल्ने भारतीय कन्सुलरलाई फिर्ता गर - सर्वोच्च

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 नेपालको सर्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता विरुद्ध बोल्ने भारतीय कन्सुलर एसडी मेहतालाई तत्काल फिर्ता गर्न सर्वोच्च अदालतले माग गरेको छ । हिजो वीरगन्जस्थित भारतीय महावाणिज्य दूताबासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालो मधेसी दलहरुलाई रात्री भोजको आयोजना गरी जेठ १४ अघि नै मधेस आन्दोलनको आँधी बेहरी ल्याउनुपर्छ भनेर भनेको प्रति आपत्ति जनाउँदै सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनले मेहतालाई कूटनीतिक हुनका लागि अयोग्य घोषित गरी तत्काल फिर्ता पठाउँन सरकारसँग माग गरेका छन् । सर्वोच्च र बारले मेहताको अभिव्यक्तिले कूटनीतिक मर्यादा पालना नगर्नुका साथै देशको सावैभौमसत्तामाथि ठोस पुग्ने अभिव्यक्ति दिएको भन्दै तत्काल फिर्ता गर्न मागर गरेका हुन । यस्ता अभिव्यक्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको समेत सर्वोच्च र बारको ठहर छ ।

No comments: