लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासी जनजातिको बन्द र राज्य पुनर्संरचना लगायतका विषयमा विवाद बल्झिएपछि संविधानसभा र व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित भएको छ ।
संविधानसभा र व्यवस्थापिका संसदको आजका लागि तोकिएका दुई वटै बैठक भोलिसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ ।
संविधानसभाको बैठक भोलि तीन बजे सम्मका लागि स्थगित गरिएको जाइएको छ भने संसद बैठक पनि भोलि नै एक बजे बस्ने छ ।
संविधानसभा बैठक र संसद बैठक पटक/पटक सूचना टाँस गरेर स्थगित हुँदै आएपछि निर्धारितमा समय संविधान बन्नेमा शंका उत्पन्न हुन थालेको छ ।
No comments:
Post a Comment