News

May 17, 2012

११ प्रदेशको संरचना नसच्याए मोर्चाले सरकार छाडेर सङ्घर्ष गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ४ - सत्तारुढ मधेसी मोर्चाले ११ प्रदेशको सङ्घीय संरचना बनाउने तीन ठूला दलको निर्णयप्रति तीव्र असन्तुष्टी प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ एमाओवादीसँग भएको बैठकमा ११ प्रदेशको प्रस्तावमा पुनर्विचार नभए मधेसी मोर्चा सरकार छाडेर सङ्घर्षमा जाने चेतावनी दिएको छ। आफ्नो सहमतिबिना एमाओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले सङ्घीय प्रदेशको विषयमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै त्यसलाई सच्याउन मोर्चाले आग्रह गरेको छ। बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोर्चासहितको चारपक्षीय सहमतिबेगर केही हुननसक्ने भन्दै चाँडै चारपक्षको बैठक बसालेर निचोड निकाल्ने आश्वासन दिएका छन्। 'बैठकमा आफूहरुको सहमति बेगर ११ प्रदेश बनाउन लिइएको निर्णयप्रति असन्तुष्टी जनाएपछि त्यसको प्रत्युत्तरमा एमाओवादी अध्यक्ष दाहालले चारपक्षीय छलफल गरी निचोड निकाल्ने जवाफ दिएको बैठकपछि मोर्चाका सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले सञ्चारकर्मीलाई बताए। उनले आजै सिंहदरबारमा चारपक्षीय बैठक डाक्ने र सङ्घीय प्रदेशबारे निर्णय लिइने बताए।

No comments: