News

Dec 14, 2010

पारस भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, मंसिर २८ - चारदिन अघि टाइगरटप्स होटलमा सुजाताका ज्वाइँमाथि गोली चलाएको अभियोगमा पूर्व युवराज पारस शाहलाई मंगलबार साँझ पोखराबाट चितवन ल्याइएको छ । पोखराको फुलबारी होटलमा उच्च प्रहरी अधिकृतले सोधपुछ गरेपछि शाहलाई चितवन ल्याइएको हो । कडा सुरक्षा घेरा बनाउएर उनी चढेको हेलिकप्टर भरतपुर बिमानस्थलमा नउतारी सीधै प्रहरी तालिम केन्द्रमा झारिएको थियो । दर्जनौं पत्रकार र सयौं सर्मथकहरु भरतपुर बिमानस्थलमा उनको प्रतिक्षा गरिरहेका बेला पारस चढेको हेलिकप्टर प्रहरी तालिम केन्द्रमा झारिएको हो । तत्कालीन युवराजकै झझल्को दिने गरि उनलाई तालिम केन्द्र भित्र राखिएको छ । त्यहाँ संचारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ । उनी आउनु भन्दा अघि अर्को एक हेलिकप्टरमा उनका कानुनी सल्लाहकार भरतपुर बिमानस्थलमा आएका थिए । पारसको साथमा केही चिकित्सकहरु पनिसँगै आएको स्रोतको भनाइ छ । तालिम केन्द्र वरपर दर्जनौं प्रहरी र घुमुवाहरु परिचालन गरिएको थियो ।

No comments: