News

Dec 15, 2010

१९ यात्रू र तीन चालक दलसहित तारा एयरको विमान सम्पर्कविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ, मंसिर २९ - लामिडाँडाबाट काठमाडौं उडेको तारा एअरको ९एन-एएफएक्स ट्विनअटर जहाज हराएको छ । दिउँसो तीन वजेर आठ मिनेट जाँदा उडेको जहाज हराएको हो । प्रहरी नायव उपरीक्षक टेकवहादुर तामाङका अनुसार एक विदेसीसहित १९ यात्रु सवार थिए । उनीहरु हलेसी आएका तीर्थालु हुन् । चार्टर गरिएको उक्त जहाजमा क्याप्टेन एआर शाक्य, पाइलट सचिन्द्र श्रेष्ठ र एअर होष्टेज एस गुरुङ थिए ।
यसैगरी टिआर तामाङ, जी शेर्पा, के शेर्पा, एस तामाङ, एस तामाङ, आरटी तामाङ टी जी लामा, के डव्लु लामा, पी तामाङ, के एन लामा, जेड डि सेर्पा, एल डव्दु सेर्पा, एस वि लामा, टी सेर्पा, मिस टी वाई शेर्पा, पी डव्लु तामाङ, टी वी तामाङ, टी डव्लु सेर्पा र राष्ट्रियता नखुलेका छोडेक केल्साङ्ग हराएका हुन् । प्रहरी नायव उपरीक्षक तामाङले हराइरहेको जहाजको खोजीकार्य सुरु भइसकेको जानकारी दिएका छन् । यता सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले पनि उद्दारका लागि नेपाली सेनाको जहाज तयारी अवस्थामा रहे पनि मौसमका कारण उड्न नसकेको जानकारी दिए । 'सेनाको नाइटभिजन जहाज तयारी अवस्थामा छ तर कम भिजिविलिटीका कारण उड्न सकिरहेको छैन,' उनले भने ।

No comments: