News

Dec 16, 2010

रिहा भएलगत्तै पूर्व युवराज पारस शाह पोखरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवनबाट रिहा भएलगत्तै पूर्व युवराज पारस शाह पोखरा पुगेका छन्। विमानस्थलमा शुभेच्छुकहरुले उनलाई पञ्चे बाजा बजाउँदै स्वागत गरेका छन् । विमानस्थलबाट निस्किएपछि पारस केहीबेर समर्थकले निकालेको र्‍यालीमा सहभागी भएका थिए । त्यसपछि उनी गाडी चढेर लेकसाइडस्थित फिस्टेल रिसोर्टमा गएका छन् । यसैबीच पूर्वयुवराज पारसले आफुलाई प्रहरीले पक्राउ नगरेको प्रतिक्रिया दिनुभयो । सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो, मलाई कसैले पक्राउ गरेको होइन, सरकारको आग्रह अनुसार म आफै चितवन गएको हुँ ।’

No comments: