News

Dec 11, 2010

लिरामोको सार्वजातिय अन्तरक्रिया हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ डिसेम्वर २०१० आइतवार लिम्वुवान राष्ट्रिय मोर्चा(लिरामो) ले लिम्वुवान स्वायत्त राज्य वारेमा सवैजातिहरुसंग वसेर लिम्वुवानको वारेमा वुझ्न र वुझाउनको लागि एक र्सवजातिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम याउमातेर्इ कम्युनिटी सेन्टरमा वेलुका ६ वजेदेखि १० वजेसम्म हुने वताईएको छ । लिम्वुवानको वारेमा कतिपय सवालमा लिम्वु र गैह्र लिम्वुविचमा हुने दरारलाई चिर्न उक्त कार्यक्रम राखिएको आयोजक टिमको भनाईरहेको छ । साथै उक्त कार्यक्रमले लिम्वुवान स्वायत्त राज्यको सवालमा सवैवाट सहयोग हुने अपेक्षा आयोजकको वुझिएको छ भने नेपालका सम्पुर्ण आदिवास जनजातिहरु तथा स्वायत्त राज्यको पक्षधरहरुसंग पनि कांधमा कांध साथमा साथ मिलाई अघि वढ्न वाटो खुल्ने वुझिएको छ । जातिय सद्भावलाई व्यवहारिकता दिन लिरामोको उद्धेष्य रहेको छ ।

No comments: