News

Dec 14, 2010

वीर अस्पतालमा मृगौला उपचार विश्वकै हाराहारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीर अस्पतालले विगत २ वर्षमा गरेको मृगौला प्रत्यारोपण विश्वका कुनै पनि सुविधासम्पन्न अस्पतालभन्दा कम गुणस्तरको नभएको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ। वीर अस्पतालले सन् २००८ डिसेम्बरदेखि २०१० नोभेम्बरसम्म २३ महिनामा वर्ष लिंग सामान्य रोग नातासम्बन्ध मृगौला लिने र दिने दाताका विषयमा अध्ययन गरिएको थियो। सो अध्ययनअनुसार विगत २ वर्षमा वीर अस्पतालमा ३९ जनाको मृगौला प्रत्यारोपण गरिएकोमा ३ जना महिला रहेका छन्। मृगौलादाताका रुपमा ४१ प्रतिशत आमा २३ प्रतिशत श्रीमती १० दशमलव २ प्रतिशत काका ७ दशमलव ७ प्रतिशत बाबु ७ दशमलव ७ प्रतिशत दाजुभाइ ५ दशमलव १ प्रतिशत छोरी र ५ दशमलव १ प्रतिशत दिदीबहिनी भएको पाइए पनि श्रीमान्ले श्रीमतीलाई मृगौलादान गरेको अवस्था एउटै पनि नपाएको मृगौला प्रत्यारोपण विभागका वरिष्ठ चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले सार्वजनिक गर्नुभएको अनुसन्धान रिपोर्टमा उल्लेख छ। रिपोर्टमा उल्लेख भएअनुसार मृगौलादान गर्ने महिलाहरुको संख्या ७४ दशमलव ४ प्रतिशत भए पनि मृगौला प्रत्यारोपण गराउनेमा भने ७ दशमलव ७ प्रतिशत मात्र देखिनुले मृगौला प्रत्यारोपणमा समेत महिलालाई घरपरिवार समाज र राज्यले प्राथमिकतामा राख्न नसकेको दुःखलाग्दो विषय सार्वजनिक गर्नुपरेकोमा दुःख लागेको डा. श्रेष्ठले बताउनुभयो। यसको प्रमुख कारण जनचेतनाको अभाव र पुरुषले मात्र हरेक क्षेत्रमा पहिलो प्राथमिकता पाउनु नै हो -उहाँले भन्नुभयो।वीर अस्पतालमा मृगौला प्रत्यारोपण गरिएका मध्ये ३ जनाको बहुनसा मल्टिभेसल समस्या ८ जनाको जोखिमपूर्ण समस्या रहेको १ जनाको पहिला भारतमा गई प्रत्यारोपण गरिएको मृगौलाले काम नगरेपछि दोस्रो पटक प्रत्यारोपण गर्दा एटीजी नामक औषधिको प्रयोग गर्नुपरेको जोखिमपूर्ण अवस्थामा सबै बिरामीको प्रत्यारोपण सफल हुनुले विश्वसामु उदाहरणीय काम गर्न वीर अस्पताल सफल भएको मान्नुपर्छ -चिकित्सकहरु बताउँछन्।

No comments: