News

Dec 12, 2010

पारस शाहले सुजाताकी छोरी ज्वाई र नातीलाई मार्न गोली चलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस शाहले उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी ज्वाई र नातीलाई मार्न गोली चलाएका छन् । चितवन सफारी गर्न हिजो टाईगर टप होटल पुगेका सुजाता कोइरालाका ज्वाई रुवेल चौधरी छोरी मेलनी र नाती मोहिनमाथि राती पारसले आक्रमण गरेका हुन । पारस र उनका साथीहरुले तिमिहरुकै खान्दान हो नेपालबाट राजसंस्था हटाउने त पनि यहाँ लामो समयदेखि चलखेल गरिरहेको छस् भनेर गाली गलौच गर्दै गोली चलाएका थिए । त्यसअघि देखिनै पारसले उनीहरुलाई अपमानित गर्ने ब्यवहार केही घण्टा देखि गरिरहेका थिए ।
पारसले आक्रमण गरेपछि होटलका मानिसहरुले उनीहरुलाई होटलको पछाडिको बाटोबाट सुरक्षित रुपमा बाहिर निकालेको र रात भरी जंगलमा राखेर स्थानीय चौधरी बस्तीमा सुरक्षित साथ पुर्याएका थिए । चितवनबाट ज्वाई रुवेलले काठमाडौमा सहयोगी हरि ढुङगानालाई फोन गरी सुरक्षा माग गरेपछि चितवन प्रहरीलाई भनेर उनीहरुलाई सुरक्षा दिईएको थियो । तर पारसका मानिसहरु उनीहरुको पछि लागिरहेकोले थप सुरक्षाको लागी अहिले गृहमन्त्रीसँगै कुराकानी भई रहेको निकट स्रोतले जनाएको छ ।
उपप्रधानमन्त्री सुजाता कोइरालाले बैककबाट टेलिफोनमा रिपोर्टस्र नेपाल डटकमकालागी ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो-अब अति भयो पारसको हतियार खोसेर उनलाई अब कारबाही गर्नुपर्छ । उनी पनि नेपाली नागरिक हुन । एउटा नेपाली नागरिकले अर्को नागरिकलाई त्यस्तो ब्यवहार गर्दा जस्तो सजाय हुन्छ । पारसलाई पनि त्यस्तै कारवाही गर्नु पर्छ । पारस भने अहिले पनि आफ्नी श्रीमती हिमानी र केही सहयोगीहरुसँगै सोही होटलमा रहेको बताईएको छ । उपप्रधानमन्त्रीका ज्वाई छोरी र नाती दुई दिनको बसाईकालागी त्यहा गएका थिए ।

No comments: