News

Dec 15, 2010

कवि उपेन्द्र सुब्बालाई १ लाख, १ सय, ११ रुपैयाँ नगद पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नियमित सम्मान तथा पुरस्कार समारोह २०१० को सम्पुर्ण तैयारी पुरा भएको कुरा सम्मान तथा पुरस्कार कार्यक्रम सम्योजन समितिले जानकारी गराएको छ । प्रज्ञाभबन कमलादिमा, पौष ९ गते तदनुसार, २४ डिसेम्बर २०१०, शुक्रबार, दिनको २ बजे देखि कार्यक्रम शुरु हुने गरि कार्यक्रम तय भएको कुरा नेपाल प्रतिनिधि गितकार टिका चाम्लिङ्ले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागि हुनको निम्ति ब्रुनाईबाट उपाध्यक्ष श्रीमती दिपा लिम्बु राई र कार्यक्रम सम्योजक तथा कोषाध्यक्ष भुमिराज राईलाई नेपाल पुग्न प्रतिष्ठानले निर्देशन दिएको छ ।कार्यक्रम उपाध्यक्ष श्रीमती दिपा लिम्बु राईको सभापतित्वमा सम्पन्न हुने कुरा पनि प्रतिष्ठानको पुर्ण बैठकले पारित गरेको छ। प्रतिभा सम्मान २०१० बाट बयोबृद्द साहित्यकार श्री जि. बी. लुगुनलाई ताम्र-पत्र, खादा र सम्मान थैलि प्रदान गरि, सम्मान गरिने कार्यक्रम रहेको छ । सम्मानित ब्यक्तित्वलाई गृह नगर ईटहरि देखि काठ्मान्डौ सम्मको आतेजाते यात्रा खर्च , काठ्मान्डौको बसाई लगायत सबैको जिम्मा पनि कार्यक्रम आयोजक प्रतिष्ठानले नै लिने निर्णय गरेको छ ।प्रतिभा पुरस्कार २०१० बाट पुरस्कृत युबा सहित्यकार, सशक्त कबि, उपेन्द्र सुब्बालाई; प्रमाण पत्र, खादा तथा रु १ लाख, १ सय, ११ रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।सम्मानित र पुरस्कृत व्यक्तित्वहरुलाई कुलपति बैरांगी काईंलाको बाहुलीबाट सम्मान र पुरस्कार प्रदान गरिने भएको छ ।प्रतिभा प्रतिष्ठानले कला, साहित्य र सङ्गीत बिधामा सकृय, सर्जक, श्रष्टाहरु मध्यबाट छानेर; सम्मान तथा पुरस्कार प्रदान गरि आएको कुरालाई अझ सशक्त र प्रभाबकारी बनाउन, पुरस्कार तथा सम्मान छनौट समिति गठन गर्ने कुरा छलफल गरिरहेको छ, साथै पुरस्कार तथा सम्मानको दायरा फराकिलो पार्दै समाज सेवा, पत्रकारिता लगायत अन्य बिधाहरुलाई पनि समेट्दै लाने सोंचको बिकाश गरिरहेको छ ।पुरस्कृत सर्जकलाई हौसला र जिम्मेवारी बहनको अनुभुति सङ्गै केहि आर्थिक टेवा पनि मिलोस भन्ने अभिप्रायका साथ पुरस्कार राशि बढाउदैलाने तर्फ प्रतिष्ठान कटिबद्द रहेको छ । सम्मान तथा पुरस्कार समारोह २०१० मा बरिष्ठ सहित्यकार, समाज सेवी, पत्रकार, कलाकार लगायत बिभिन्न पेशा सङ्ग सम्बद्द अतिथिहरुको उपस्थिति रहने छ । कार्यक्रमको निम्ति नेपाल जानुहुने प्रतिष्ठानका प्रतिनिधि द्वय, उपाध्यक्ष श्रीमति दिपा लिम्बु राई र भुमिराज राईलाई बेलायतमा रहनु भएका अध्यक्ष रक्ष राई, महा-सचिब दयाकृष्ण राई, सचिब काङ्गमाङ्ग नरेश, सस्थापक सदस्यहरु: मुलिबीर राई, जगत नबोदित, अप्जसे कन्छा (हेपेन्द्र राई), जर्मनिमा रहनु भएका सह-सचिब मिजास लगायत अन्यले कार्यक्रमको सफलताको कामना गर्दै शुभयात्राको कामना गर्नु भएको छ, साथै सम्मानित र पुरस्कृत ब्यक्तित्वहरुलाई बधाई तथा शुभकामना पनि आधिकारिक रुपमा प्रदान गर्नु भएको छ ।कार्यक्रममा सहभागि हुन जानु पूर्ब ब्रुनाई स्थित सेरियामा, ब्रुनाईमा रहनु भएका प्रतिष्ठानका पदाधिकारी, सस्थापक सदस्य तथा साधारण सदस्यहरुको अनौपचारिक बैठक पछि पुर्ण बिबरण सहित बाँकि समाचार सम्प्रेषण गरिने छ ।

No comments: