News

Dec 15, 2010

पान्थरको रविमा विशाल लिम्बुवान आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,रवि/दिलकुमार लावती
मंसिर २७, २०६७,पान्थरको रवि बजारमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'को प्रमुख आतिथ्यमा मङ्सिर २६ गते विशाल लिम्बुवान आमसभा सम्पन्न भएको छ । प्रमुख अतिथि अध्यक्ष लिङ्देनले अरुणपूर्वको नौ जिल्लालाई लिम्बुवान घोषणा नगरुन्जेल जस्तोसुकै अवस्थामा पनि ओन्दोलन जारी राख्ने वताउनु भयो । पेट्रोलियम पदार्थको मुल्य तुरुन्तै घटाउनु पर्ने, सभासद् राजकुमार नाल्बोलाई संविधानसभाका सभाध्यक्षले तुरुन्त कारवाही गरी पदबाट वर्खास्त गर्नुपर्ने । लिम्बुवान राज्यमा सबै जातिहरुबीचमा जातीय सद्भाव कायम रहने बताउनु भयो । उक्त आमसभामा परिषदका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव सूर्य माखिम, अर्का महासचिव फक्ताङलुङ योङहाङ, सचिवालय सदस्य साचार विभाग प्रमुख लोकसागर साम्बा, सचिवालय सदस्य तथा संघीय लिम्बुवान महिला परिषद अध्यक्ष शान्ता योङहाङ, केन्द्रीय सदस्य भक्तिप्रसाद नेम्बाङ, संघीय लिम्बुवान पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावती र पान्थर जिल्ला सदस्य योगेन्द्र राईलयागतलेले सभालाई सम्बोधन गर्नुभएको थियो ।
संघीय लिम्बुवान राज्य परिषद मिक्लुक्थुम पान्थरको आयोजनामा भएको उक्त कार्यक्रममा पान्थरको साराङ आङना आरुबोटे फाक्तेप कुरुम्बा रविबाट उपस्थिति भएको थियो । त्यसैगरी इलामका बाँझो इभाङ गजुरमुखी एकतप्पा फुएतप्पानवमीलगायतको गाविसहरुबाट पनि हजारौंको सङ्ख्यामा लिम्बुवानप्रेमी जनमासको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षत रवि गाउँ परिषदका अध्यक्ष हिन्दप्रसाद राईले गर्नुभएको थियो भने स्वागत मन्तवय उदय माङलाक र कार्यक्रमको साचालन वेदकुमार माङलाकले गर्नुभएको थियो ।

No comments: