News

Dec 11, 2010

सेनाको गाडी जलासयमा खस्दा एकको मृत्यु/२ वेपत्ता, ४ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लमजुङ, मंसिर २५ - नेपाली सेनाको वा३च ४०५१ नम्वरको टोयोटा जीप उदिपुरस्थित आकाशे भीरबाट मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको जलाशयमा खस्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । जलाशयमा २ जना हराइरहेका छन् । चार जना घाइते छन् । दुर्घटनामा कैलालीका २९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ । कर्णबहादुर बस्नेत र थमन डाँगी जलाशयमा हराइरहेका छन् । गणका प्रमुख सेनानी नवराज गुरुङका अनुसार तनहुँका गणेश थापा, कञ्चनपुरका हरिश शाही, प्युठानका सुनील श्रेष्ठलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट सैनिक अस्पताल काठमाडौं लगिएको छ । सामान्य घाइते लमजुङका शुक्रलाल श्रेष्ठको लमजुङमै उपचार भैरहेको छ ।
गणमा कार्यरत सैनिक जवानको शुक्रवार मृत्यु भएपछि पोष्टमार्टम गरी उनको घर नवलपरासी पुर्‍याएर फर्कदै गर्दा दुर्घटना भएको प्रमुख सेनानी गुरुङले बताए । घटना लगत्तै सेनाको हेलिकप्टरले घाइतेहरुको उद्दार गरेको थियो । हराएकाहरुको खोजीका लागि जलाशयको पानी खोलिएपछि गाडी फेला परेपछि दुई जना अझै फेला नपरेको गुरुङले जानकारी दिए । रात परेपछि रोकिएको उद्दार कार्य आईतवार बिहानैबाट शुरु गरिने उनले बताए । जीपमा ७ जना सैनिक जवान चढेका थिए ।

No comments: