News

Dec 15, 2010

लिम्बुवानका लागि लिम्बुवान र काठमाडौंमा भोकहड्ताल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर २९, २०६७,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा आज मङ्सिर २९ गते लिम्बुवानका ९ वटै जिल्ला सदरमुकामको जिल्ला प्रशासन कार्यालय अगाडि र काठमाडौंमा नायँवानेश्वरको संविधान सभा हल अडाडि संघीय लोकतान्त्रिक गणतन्त्रर्-धर्मनिरपेक्ष नेपालअर्न्तर्गत् अरुण-सप्तकोशी पूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि भोक हड्तालको आन्दोलन कार्यक्रम भइरहेको छ । लिम्बुवानका माग संघीय लोकतान्त्रिक गणतन्त्रनेपालअर्न्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासहितको लिमबुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चिता गर्नुपर्ने माग गरिएको छ । साथै, आदिवासी जनजातिका अधिकारहरु ILO महासन्धि 169 को कार्यान्यवन र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्र [UNDRIP] को कार्यान्वयन गर्नुपर्ने लगायतका नाराहरु उल्लेखित प्लेकार्ड र ब्यानरहरु भोकहड्ताल स्थलमा राखिएका छन् । लिम्बुवानका नेता, कार्यकर्ता तथा अन्य स्वायत्त क्षेत्र धिमाल, लेप्चा, आठपहरीयालगायत र काठमाडौंमा भने मञ्चसम्बद्ध तामाङ्सालीङ् स्वायत्त राज्य पषिद र खम्बुवानका नेताहरुसमेत ऐक्यवद्धताका लागि भोकहड्ताल कार्यक्रममा सहभागी भएको छन् । आज बिहानै नौ जिल्ला लिम्बुवानका सदरमुकाम, थुम, इलाका र काठमाडौमा समेत सुरु भएको भोक हड्ताल कार्यक्रम साँझ कोणसभामा परिणत भई सकिनेछ । यसअघि प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द, एकात्मकताको विरुद्धमा लिम्बुवानमा हजारौं कालो झण्डा गाडेर लिम्बुवान आन्दोलनअर्न्तर्गत् आउँदो पुस १५ गते नियमित लिम्बुवान आम हड्ताल र माघ १० मा लिम्बुवानभरि लिम्बुवानको झण्डाहरु इलाका तथा थुमहरुमा फहराउने कार्यक्रम रहेको छ ।

No comments: