News

Dec 11, 2010

बेलायतका राजकुमार चढेको कारमा प्रदर्शनकारीहरूले आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतका राजकुमार र उहाँकी श्रीमती क्यामिला चढेको कारमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि यहाँको सुरक्षा निकायमाथि ठूलो प्रश्न उठेको छ। महानगरीय प्रहरी प्रमुखले सो घटनाका बारेमा पूर्ण र विस्तृत रूपमा खोजबिन गर्ने समय दिनका लागि आग्रह गरेका छन्। लन्डनको व्यस्त सडकमै विद्यार्थीहरूले उहाँ चढेको कारमाथि ढुंगामुढा गरेका थिए।लन्डनको व्यस्त सडक भएर वेस्टइन्डतर्फलाग्दै गरेका बेला बिहीबार राति उहाँ चढ्नु भएको रोल्स रोयसमा आक्रमण गरिएको थियो। सो शहर हुँदै राजकुमार एउटा च्यारिटी कार्यक्रममा जान लाग्नुभएको थियो।विश्वविद्यालयले तीव्र रुपमा शैक्षिक शुल्क बढाएपछि त्यहाँका विद्यार्थीहरूले लन्डनको केन्द्रमा प्रदर्शन गरेका थिए। विश्वविद्यालयको शुल्कवृद्धिका बारेमा सांसदहरूले व्यापक छलफल गरी सो प्रस्तावलाई संसद्मा पारित गरेका थिए। सो क्षेत्रमा अधिकांश विद्यार्थीहरूले बढ्दो रुपमा समूहमा आवद्ध भइ प्रदर्शन गरेका थिए भने कतियप समूहहरू छरिएर प्रसिद्ध व्यापारिक केन्द्रहरूतीर प्रदर्शन गरेका थिए। २० जनाको समूहमा रहेका विद्यार्थीहरूले राजकुमारको कारको अघिल्लतिर आक्रमण गरेका थिए। आक्रमणबाट राजकुमारको कारको झयालको केही भाग फुटेको छ भने कारको सेतो भाग केही कोरिएको छ।

No comments: