News

Dec 15, 2010

फोरम नेपालका १२ सभासदहरुले पार्टीभित्र विद्रोह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपालका १२ सभासदहरुले पार्टीभित्र विद्रोह गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष यादवले विशेष अधिवेशन बोलाउन माओवादीलाई समर्थन गरेको र अन्य मुद्दामा समेत माओवादीलाई साथ दिएर पार्टीलाई माओवादी करण गरेको आरोप लगाउँदै असन्तुष्ठि सँगै पार्टी परित्यागको निर्णयमा पुगेको बताईएको छ । असन्तुष्ट सभासदहरुले यादव नेतृत्वको पार्टीमा नबस्ने निर्णय गरे पनि स्वतन्त्र बस्ने अर्को पार्टी खोल्ने वा फोरम लोकतान्त्रीकमा जाने भन्ने विषयमा कुनै निर्णय भने गरी नसकेको बताईएको छ । ती सभासदहरु उपाध्यक्ष जेपी गुप्ता पक्षधरहरु रहेको बताईएको छ । यसैवीच पार्टीविभाजनको संघारमा पुगेपछि अध्यक्ष यादव भने आजै पार्टीलाई फुटनबाट बचाउन सहयोगको अपिल गर्न दिल्ली तर्फ लागेको स्रोतले जनाएको छ ।

No comments: