News

Dec 15, 2010

लिरामोको "सर्वजातिय अन्तरक्रिया" भव्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
१२ डिसेम्वर २०१० को वेलुका लिम्वुवान राष्ट्रिय मोर्चाले लिम्वुवान स्वायत्त राज्य "सर्वजातिय अन्तरक्रिया" कार्यक्रम याउमाताई कम्यूनिटी सेन्टरमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले गर्नुभएको थियो । सञ्चालन सचिव सुरेश सुव्वाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष हस्त मास्वाले गर्नुभएको थियो । सर्वप्रथम कार्यक्रमलाई सरलता होस भनेर महासचिव अविचन्द्र र्इङनामवाट लिरामोको लिम्वुवान स्वायत्त राज्य सम्वन्धि कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र अनुसार लिम्वुवान राज्य विगतमा पनि भएको र अहिले पनि हुनुपर्ने । यसको सिमाना अरुण सप्तकोशीपूर्व हुनुपर्ने र यसमा सवै जातिहरुलाई समान अवसर प्रत्याभूतहुनुपर्ने, कसैलाई काखा र कसैलाई पाखा नगरिने ढाचाको हुने वताईएको थियो । कार्यपत्रमा टिप्पणीकारहरुले टिप्पणी गर्दै आफ्नो विचार राखेका थिए । कार्यक्रममा विषेश गरी कमल निरौलाले लिम्वुवान स्वायत्त राज्यको वारेमा लिम्वु मात्र लागेर हुदैन, सवै लिम्वुवानवासीहरु एकजुट भएर लाग्नु पर्दछ । त्यस्तै लिम्वुवानवादी संगठनहरुले गैह्र लिम्वुहरुलाई लिम्वुवान हामी सवैको साझा हो भनेर वुझाउनुपर्दछ । उनीहरुलाई लिम्वुवान भएपछि सवै कुराहरुको समान अधिकार हुनेछ कुनै भेदभाव हुनेछैन भन्ने प्रत्याभूति गराउन सक्नुपर्दछ । तव लिम्वुवान आन्दोलनलाई सवैलिम्वुवानवासीहरुले सहयोग गर्नेछन् र लिम्वुवानप्राप्तिमा लिम्वुहरुलेमात्र दुख गर्नु नपर्ने र सवैको सहयोगमा लिम्वुवान प्राप्त हुने वताउनु भएको थियो । लिमुमो हङकङका अध्यक्ष प्रकाश यक्सोले लिम्वुवान अरुण सप्तकोशी पूर्वको ९ जिल्लाहरु हुनैपर्ने र सवै लिम्वुवानवासीहरुलाई समेटेर लैजानुपर्ने वताउनुभयो ।लिरामुमोको प्रतिनिधी ज्ञानु मेन्याङवोले पनि सवै लिम्वुवानवासीहरुलाई लिम्वुवानको लागि जानकारी गराउदै आपसी सहयोगमा अघि वढ्नुपर्ने वताउनुभयो । जनजाति महासंघ हङकङका भूपु अध्यक्ष भूपेन्द्र चेम्जोङले जातिय स्वायत्त राज्य तथा सोही मुताविक लिम्वुवान राज्य सुनिश्चित हुनुपर्ने, लिम्वुवानवासीहरुको सहयोग चाहिने तथा जनजातिहरुलाई अग्राधिकारको प्रत्याभूति गर्नुपर्ने वताउनुभएको थियो । अन्य टिप्पणीकार र्इन्द्र वनेम, टंक सम्वाहाम्फे र चुम्लुङ सचिव नन्द चङसुले पनि लिम्वुवानको लागि सवै जातिसंग सहकार्य गरेर जानुपर्ने कुरा औल्याएका थिए । लिम्वुवान व्लकका टंक सम्वाहाम्फेले अझ अघि वढ्दै कतिपय आन्दोलनमा गैह्र लिम्वुको सहयोग कतिको रहेको छ र यसले सवैलाई राहत दिएको छ कि आहत दिएको छ । त्यो विचारेर कार्य गर्नुपर्ने औल्याउनु भयो । टिप्णीकार सवैले र्सवजातिय अन्तरक्रिया कार्यक्रम लिरामोले गरेकोमा अति राम्रो कार्यक्रम भएको वताएका थिए । नेपालमा पनि यस्तो कार्यक्रम गरेर अघिवढ्नुपर्ने सुझाव आएको थियो । अध्यक्ष दिल पालुङवा लिम्वुले सवैवाट आएको टिप्पणी सल्लाह सुझावलाई शिरोधार्य गरिएको र यसलाई व्यापक रुपमा कार्यन्वयन गर्ने सवालमा लागि पर्ने वताउनुभयो । हामीले लिम्वुवानको वारेमा वकालत गरिरहेको वेलामा गैह्र लिम्वुहरुको भावनामा आंच त आएको छैन ? कतै लिम्वुवान स्वायत्त राज्यको मागमा लिम्वुहरुले गैह्रलिम्वुहरुलाई डर धम्की मात्र दिएको छ कि ? लिम्वुवानको वारेमा अस्पस्टता छ कि ? त्यो वुझ्नको लागि लिरामोले उक्त कार्यक्रम राखिएको र अधिराज्य भरिका अन्य आदिवासी जनजातिहरुसंग साथमासाथ र कांधमाकांध मिलाएर जानसकिने वताउनुभयो । उहाले वोल्ने क्रममा लिम्वुवान आन्दोलन भनेको लिम्वुवान प्राप्तिसम्म हो । त्यसैले त्यतिन्जेलसम्म सवै लिम्वुवानवादी संगठनहरुलाई एकै मञ्चमा आएर कार्य गर्न अनुरोध गर्नुभयो । त्यस्तै आगामी दिनमा गैह्र लिम्वुहरुसंग अझै व्यापक रुपमा छलफल चलाउने र लिम्वुवानको आन्दोलनमा साथ दिई लिम्वुवान स्थापना गरी लिम्वुवान तथा देशकै भाग्य र भविष्य निर्माण गर्न लागिपर्न आव्हान गर्नुभएको थियो ।

No comments: