News

Dec 12, 2010

सरकार फेरि पनि संविधानसभाको म्याद थप्ने मुडमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार फेरि पनि संविधानसभाको म्याद थप्ने मुडमा देखिएको छ। शनिबार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा साचारमन्त्री शंकर पोखरेलले निर्धारित मितिमा संविधानसभामार्फत संविधान बन्नेमा आशंका मात्र व्यक्त गर्नुभएन कि संविधानसभाको म्याद आवश्यक परे थप गर्न सकिने समेत बताउनुभयो। आदर्श उच्च माध्यमिक विद्यालय दिगामकोट गुल्मीको स्वर्ण महोत्सवलाई शनिबार सम्बोधन गर्दै मन्त्री पोखरेलले संविधानसभाबाटै संविधान बनाउनुपर्ने भएकाले समय नपुगे म्याद थप गर्न सकिने जानकारी दिनुभएको हो।दलहरुबीच सहमति भए ६ महिनाभित्रै संविधान बन्न सक्ने दाबी गर्दै उहाँले तत्काल सहमति भइनहालेको अवस्थामा म्याद थप गरेरै पनि संविधान बनाउनुपर्छ भन्नुभयो। मन्त्री पोखरेलले संविधानसभाले शान्तिप्रक्रिया र संविधान निर्माणको गह्रौं भारी बोकेकाले अगाडि बढ्न अप्ठ्यारो हुन सक्ने तर गन्तव्यमा पुगेरै छाड्ने बताउनुभयो। शान्तिप्रक्रिया र संविधान निर्माणकार्यलाई एमाले कांग्रेस र माओवादीको पहलमा नै टुंगोमा पुर्याउनुको विकल्प नभएको उल्लेख गर्दै उहाँले माओवादीले इमानदारीपूर्वक सहयोग गरे त्यो सम्भव भएको बताउनुभयो।

No comments: