News

Dec 12, 2010

मगरात स्वायत्त प्रदेशको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(पाल्पा), मगर समुदायको बाहुल्यता रहेको पाल्पा जिल्लालाई केन्द्र पारेर नेपाल मगर संघ केन्द्रीय समितिले शनिबार पाल्पाको तानसेनमा मगरात स्वायत्त प्रदेशको घोषणा गरेको छ। मगरात स्वायत्त प्रदेश घोषणा गरिएको यो दोस्रो पटक हो। यसअघि एकीकृत नेकपा माओवादीले गत वर्ष मगरात स्वायत्त प्रदेश घोषणा गरेको थियो। मगरात स्वायत्त प्रदेश घोषणा सभामा एकीकृत माओवादीका महासचिव रामबहादुर थापा ँबादल’ नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य भीमकुमारी बुढा नेकपा एमालेकी संसदीय दलका सचेतक थममाया थापालगायत विभिन्न राजनीतिक दलका नेता सहभागी थिए। स्वायत्त प्रदेशको घोषणा भने नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झकबहादुर थापा मगरले गरेका थिए। उनले स्वायत्त प्रदेशको घोषणा गर्दै भने- अलग पहिचान ऐतिहासिक पृष्ठभूमि भएको विशिष्ट पृष्ठभूमि भएको जनसांख्यिक हिसाबले देशकै तेस्रो बाहुल्य र आदिवासी जनजातिहरुमा सबैभन्दा बढी जनसंख्या भएको मगरजाती तथा नेपालको विभिन्न चरणका आन्दोलनबाट स्थापित मगरात स्वायत्त प्रदेशको स्वागत गर्दै राज्य फनःसंरचना समितिले गरॆको सिमांकन भएको अपूर्णताहरुलाई सापेक्षिक पूर्णता दिन वांछनीय देखिएकाले राज्य राजनीतिक दल र सरोकारवालालाई सचेत र खबरदारी गर्न नयाँ सिमानासहितको मगरात स्वायत्त प्रदेशको घोषणा गर्दछु।घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख वक्ता माओवादी महासचिव बादलले आदिवासी जनजातिलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने बताउनुभयो। उहाँलॆ आत्मनिर्णयको अधिकारको विकल्प नभएको बताउनुभयो।नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य बुढाले मगरहरुको हकअधिकार राज्यको ओहोदामा बस्नेले खोसेको बताउँदै आफूले मगरहरुको अधिकारलाई स्थापित गर्नका लागि जीवनको अन्तिम क्षणसम्म पनि लागिपर्ने संकल्प गर्नुभयो। नेकपा एमाले संसदीय दलकी सचेतक थापाले अधिकारलाई संविधानबाटै सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

No comments: