लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, मंसिर २५ - गोर्खा जनमुक्ति मोर्चा अन्तरिम व्यवस्था लागु गराउने दौडधुपमा लागिरहेका वेला दार्जिलिङमा अर्को राजनीतिक पार्टीको जन्म भएको छ । कालिम्पोङका पुर्व पार्षद एवं सुवास घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता दावा पाख्रिनले नयाँ पार्टी खोलेका हुन् । उनले शुक्रवार दिल्लीमा आफ्ना समर्थकका वीच 'गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा' नामक नयाँ पार्टीको घोषणा गरेका हुन् । गोर्खाहरुको अस्तित्वको सुरक्षा केवल गोर्खाल्याण्डले मात्रै पुरा गर्न सक्ने बताउँदै उनले गोर्खाल्याण्डका लागि चाडै सडक संर्घष शुरु गर्ने जानकारी दिएका थिए । उनी शनिवार दिल्लीमा आयोजना हुने भारत नव राज्य निर्माणको महासभामा नया पार्टीको हैसियतबाट सहभागी वन्दैछन् । आइतवार दिल्लीकै जन्तरमन्तरमा गोर्खाल्याण्डको पक्षमा धर्ना दिने जनाएको छ ।
No comments:
Post a Comment