News

Dec 15, 2010

पूर्वयुवराज पारस शाहलाई थप दुई दिन हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवनको टाईगरटप रिसोर्टमा गोली चलाएको आरोपमा सार्वजनिक अपराधसंबन्धि मुद्दामा हिजो पक्राऊ परेका पूर्वयुवराज पारस शाहलाई थप दुई दिन हिरासतमा राख्न चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ । शाहले दिएको बयानका कागजपत्रको अध्ययन गरेपछी शाहको म्याद थप गरिएको हो । यसैबिच घटनाको छानबिन गर्न भन्दै गठन भएको तिन सदश्यीय टोलिले आजै शाह संग बयान लिएको प्रहरि श्रोतले दाबि गरेको छ । टोलि घटनाको थप बिबरण लिन भन्दै घटनास्थल तर्फ गएको छ । यसैगरी शाहलाई हतियार खरखजाना, निकुञ्ज तथा बन्यजन्तु ऐन र ज्यानमार्ने उद्योग समन्धि र अन्य तीन वटा मुद्दा दर्ता गर्ने तयारि भैरहेको प्रहरि श्रोतको दावि रहेको छ । शाहलाई अहिले प्रहरि तालिम केन्द्रमा राखिएको छ ।

No comments: