लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख दलका नेताहरूले प्रधानमन्त्री निर्वाचनमा देखिएको अन्योल हटाउन सभामुख सुवासचन्द्र नेम्वाङलाई सुझाव दिएका छन्। माओवादी, कांग्रेस र एमालेका नेताहरूले सर्वोच्च अदालतको फैसलाका आधारमा वर्तमान अवस्थाप्रति गम्भीर बन्दै आŠनो भूमिका निर्वाह गर्न सभामुख नेम्वाङसँग आग्रह गरेका हुन्। ६२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल मानवअधिकार संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा नेताहरूले सभामुखले विवादको गाँठो फुकाउनर्ुपर्ने बताएका हुन्। एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले लामो समयसम्म प्रधानमन्त्री चयन हुन नसक्दा उत्पन्न भएको परिस्थितिका साथै थपिने चुनौतिका विषयमा गम्भीर भइ गाँठो फुकाउने पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो। उहाँले सरकार गठन नभएसम्म शान्तिप्रक्रिया र संविधान लेखनको काम अघिबढ्न नसक्ने बताउनुभयो।
No comments:
Post a Comment