News

Apr 10, 2011

जेठ चौध भित्र नयाँ संविधान जारी नभए विद्यार्थी संगठनले आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ चौध भित्र नयाँ संविधान जारी नभए दलहरु विरुद्ध एघार वटा विद्यार्थी संगठनले आन्दोलन गर्ने भएका छन्। साना एघार विद्यार्थी संगठनको आज बसेको बैठकले दलहरु संविधानसभाको म्याद फेरि थप्ने गृहकार्यमा लागेको भन्दै संविधान लेखनमा उनीहरु थप क्रियाशील नभए आन्दोलनमा उत्रने निर्णय गरेको हो। दलहरुले संविधानसभाको म्याद थपेर सभासद्हरुको जागिर बचाउन खोजेको उनीहरुको आरोप छ। बैठकले ठूला विद्यार्थी संगठनले आफ्नो स्वार्थ अनुकुल राजनीति गरेको भन्दै त्यसलाई चिर्न साना विद्यार्थी संगठनहरु एक हुनुपर्ने निष्कर्ष समेत निकालेको छ। त्यस्तै, बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तत्काल घोषणाको माग समेत गरेको छ। निर्वाचन समानुपातिक प्रणालीमा हुनुपर्ने उनीहरुले बताएका छन्। बैठकले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग समेत गरेको छ।

No comments: